
काठमाडौँ । वर्ल्ड पब्लिकेशन प्रा.लि.द्वारा हरेक सोमबार प्रकाशित हुँदै आएको 'द युनिभर्सल टाईम्स' पत्रिकाको २१ ओैँ वार्षिकोत्सव मनाएको छ । पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ-संस्थाका पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिति थियो ।
उद्घाटन समाराेहमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले एक प्रिन्ट मिडियाले २१ वर्ष पूरा गर्नु चानचुने समय नरहेको बताउँदै २१ वर्षको काम र अनुभव सम्पुर्ण क्षेत्रमा महत्त्वपूर्ण सावित हुने हुने बताए । पूर्व उपराष्ट्रिपति झाले भने मिडिया धन कमाउनेमा भन्दा जनतालाई सहि सूचना दिन लाग्नु पर्नेमा जोड दिए ।
संघीय सांसद एवम् पूर्वमन्त्री एकनाथ ढकालले सकारात्मक पत्रकारिताको रोल मोडेलको रुपमा युनिभर्सल टाईम्स रहेको बताए । उनले सञ्चार क्षेत्रलाई राजनीतिबाट मुक्त नगरी जनताले चाहेको र दिनुपर्ने कुरा दिन चुनौती हुने भन्दै राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिए । यस्तै पुर्वमन्त्री तथा सांसद हरि प्रसाद उप्रतीले शान्तिको लागि सकरात्मक सन्देश दिने काम द युनिर्भसल टाईम्स पत्रपत्रिकाले गरेको बताए ।
प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले युनिभर्सल टाईम्सले जनतालाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्दै आएको बताए । सुचनाको बाढि भएको समयमा सत्यतथ्यको अभाव भईरहेको अवस्थामा यो मिडियाले निष्पक्ष रुपमा समाचार प्रवाह गर्दै आएको उनको भनाई थियो ।
त्यस्तै अर्का सांसद रेखा यादवले मिडिया काउन्सिल विधेयकमा आएका भएका त्रुटि र समस्यालाई बताईदिन आग्रह गर्दै संसदमा आवाज उठाउने प्रतिबद्धता गरिन् ।
सांसद यादवले कलमले कागजमा प्वाल नपारोस्, मन नरोईदियोस् भन्दै पत्रकार पार्टीगत आबद्धताको कारण स्वतन्त्रता हराएको अनुभुति भएको बताइन् । पत्रकारले समाचारमा पार्टीगत गन्ध नआउनुपर्ने कुरामा पत्रकार स्वयम सचेत हुनुपर्ने उनको भनाइ छ ।
सांसद सेराज थारुकीले पनि युनिभर्सल टाईम्सले सत्य, पारदर्शितालाई अंगिकार गरेर समाचार प्रवाह गर्दै आएको बताए । सांसद तारा लामा तामाङले यस मिडियाको लेखाइ चिन्तन विश्व शान्तिको अभियानमा टेवा पुगेको होला भन्नेमा विश्वस्त रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रशाद दाहालले पत्रकारितालाई मिडिया काउन्सिल विधेयकद्वारा अंकुरा लगाउन लागेको बताए । सरकारले पञ्चायतमा जस्तो व्यवस्था गरि अनलाइन दर्ता प्रकरण अगाडि ल्याएको बताउँदै त्यसलाई तत्काल सच्याउन आग्रह गरे ।
नेपाल पत्रकार मन्चका महासचिव राजु भण्डारीले आजभोलि अस्पष्ट, अधुरो समाचार आउने बजारमा यो मिडियाले सत्यतथ्य र स्पष्ट समाचार प्रवाह गरेको भन्दै निरन्तरताको शुभकामना दिए ।
प्रेस काउन्सिलका नेपालका सदस्य सन्तराम बिडारीले पब्लिकले उठाउने प्रश्नको जवाफ दिनु पर्ने कुरालाई आत्मासाथ गर्दै पत्रकारले आफुले जे लेख्यौ त्यहि सर्वेसर्वा भन्ने मनशाय राख्नु नहुनेमा जोड दिए ।
प्रेस काउन्सिल प्रमुख झविन्द्र भुसालले श्रमजीवी पत्रकारको रोजिरोटिमा समस्या, कन्टेनकोमा खोजिको अभाव तथा मिडिया हाउसमा विज्ञापनमा महामारी भएको भनिएको अवस्थामा युनिर्भसल टाईम्सले सन्तुलित तरिकाले समाचार प्रबाह गरेको बताए । एफ एफ डब्लु पीयू नेपालका अध्यक्ष कृष्ण अधिकारीले सकरात्मक सन्देश दिन युनिभर्सल टाईम्स नैतिक रुपबाट जिम्मेवारी पुर्ण रुपमा अगाडि बढ्ने बताए ।
सो अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य, मोनुका कुँवर, नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्य, अधिवता लिलानाथ घिमिरे लगायतले युनिर्भसल टाइम्स पत्रिकालेसकरात्मकताका साथ समाचार प्रवाह गर्न शुभेच्छा व्यक्त गरे ।
वक्ताहरुले सामाजिक रूपान्तरणका कुरा गफमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए हालको मिडिया काउन्सिल विधेयकको अस्पष्टता र अनलाइन मिडियालाई सिडिओ कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाउँदै, यसले सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेको छ भन्दै सरकारको कदमको विरोध गरेका थिए ।
वल्र्ड पब्लिकेशन प्रालिका सञ्चालक सन्तोष कुमार पौडेलको सभापतित्वमा भएको कार्यक्रममो संञ्चालन पत्रिकाका सम्पादक विष्णु निश्चलले गरेका थिए ।