
ललितपुर । वैज्ञानिक प्रकाशन क्षेत्रमा उल्लेखनीय योगदानका लागि ओमवे टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश रिजाललाई “साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स” पुरस्कार प्रदान गरिएको छ।
सिजन मिडियाद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड समारोह ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख इन्दिरा राना, प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले संयुक्त रूपमा रिजाललाई सम्मान गरेका हुन्।
अर्घाखाँची मलारानी–४ (साबिक खन–३) मा जन्मिएका रिजालले सन् २०११ मा जर्नल अफ नेपाल मेडिकल एसोसिएसन (जेएनएमए) बाट वैज्ञानिक प्रकाशन यात्राको थालनी गरेका थिए। हाल उनी ५० भन्दा बढी वैज्ञानिक जर्नलहरूको व्यवस्थापनमा संलग्न छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता संस्थासँग सहकार्य गर्दै उनले सम्पादकीय दक्षता विकासमा सक्रिय योगदान दिएका छन्।
१४ वर्षभन्दा बढीको अनुभवसहित रिजाल एडिटोरियल वर्कफ्लो डिजाइन, पियर रिभ्यु म्यानेजमेन्ट, लेआउट एण्ड प्रोडक्सन, इन्डेक्सिङ सपोर्ट (डिओएजे, स्कोपस, पबमेड, पबमेड सेन्ट्रल, एससिआइ इन्डेक्स) जस्ता क्षेत्रमा दक्ष मानिन्छन्। उनले नेपालमा एथिकल पब्लिसिङ प्राक्टिसेस र डिजिटल टुल्स को प्रभावकारी प्रयोगलाई प्रोत्साहित गर्दै अनुसन्धानलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।