News 24 Television
शिवम् शिमेन्टद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरसफाई

काठमाडौं । हालैको जेन-जी आन्दाेलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

d59d5f1e-0697-418c-bf9b-918fd6e30135-1757939577.jpg
कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी   दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम संचालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु आफ्नो कर्तव्य रहेकाे भन्दै कम्पनीले आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहने बताएकाे छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update