News 24 Television
जेन–जी आन्दोलनमा खोसिएको न्यूज २४ टेलिभिजनको क्यामेरा फिर्ता

काठमाडौं । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा खोसिएको न्यूज २४ टेलिभिजनकाे क्यामेरा फिर्ता भएको छ । जेन–जी आन्दोलनमा सामेल नभएको दाबी गर्दै न्यूज २४ टेलिभिजनको कार्यालयमा आएका रुपेश बुढाथोकीले आफूले क्यामेरा खोस्ने समूहबाटै ‘कन्भिन्स’ गरेर क्यामेरा लिई बुझाउन आएको बताए । 

उनले आफू आन्दोलनमा सामेल नभएर अवलोकनका लागि पुगेका बेला क्यामेरा खोसिएको देखेपछि आफूले नै उक्त समूहबाट फिर्ता बुझेको र कार्यालयमा बुझाउन आएको बताए । 

गत भदौ २४ गते जेन–जी आन्दोलनको रिपोर्टङका क्रममा महाराजगञ्जस्थित चक्रमथमा न्यूज २४ टेलिभिजनको क्यामेरा खोसिएको थियो भने रिपाेर्टिङमा गएकाे गाडीमाथि आगजनी भएको थियो । गाडी भने जलेर नष्ट भएकाे छ  । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले तत्कालै घोर भत्र्सना गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update