
रुपन्देही । तपाईँ दशैंको समयमा यात्रा गर्दै हुनुहुन्छ, परदेशबाट घर देशको यात्रा पो तय गर्दै हुनुहुन्छ, तर, बुटवललगाएतका आसपासमा आउँदा यात्रा गर्ने रकम सकियो, गन्तव्यसम्म जानको लागि समेत आर्थिक अभाव भयो भने बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ । बेखर्चीलाई बाटो खर्चको समेत व्यवस्था गर्ने गरी बुटवलमा घटस्थापनाको दिनदेखि नै नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
के तपाई दशैंका समयमा यात्रा गर्दै हुनुहुन्छ ? आफु जाने ठाउँ नपुग्दै बाटोमै पैसा सक्कियो ? अब बाटोमै पैसा सकिए आत्तिनु पर्दैन । यात्राका क्रममा तपाईलाई पैसा नहुँदा वा अन्य कारणले अप्ठ्यारो भयो भने तपाईलाई पैसा नै दिएर समेत सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
गन्तव्यसम्म जानको लागि समेत आर्थिक अभाव भयो भने बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको हो । बेखर्चीलाई बाटो खर्चको समेत व्यवस्था गर्ने गरी बुटवलमा घटस्थापनाको दिनदेखिनै नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
बुटवल नयाँ बसपार्कमा स्थापना गरिएको नागरिक सहायता कक्षमा स्थानीय यात्रुहरूको लागि समस्यामा परेका यात्रुहरूले सम्पर्क गर्ने छन् । जसमा प्रहरी प्रशासन र व्यवसायीहरू समेत बस्ने छन् । जसबाट कुनै समयमा यात्रुको गन्तव्य समस्यादेखि लिएर अग्रिम टिकट बुकिङ गरेका यात्रुहरूको समेत समाधान गरिने पश्चिम नेपाल बस व्यवसायी प्रा .लि .ले जनाएको छ ।
साथै, चाडपर्वमा हुन सक्ने दुर्घटना, यात्रुले पाउने असुविधा, चोरीडकैती र लुटपाटका घटनालाई रोक्न भन्दै बुटवलको नयाँबसपार्कमा नागरिक यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय बुटवल र पश्चिम नेपाल ब्यवसायी प्रालिको सहकार्यमा बुटवल बसपार्कमा एक कार्यक्रमको बिच कक्षको शुभारम्भसंगै जनचेतनामुलक पोस्टर सार्वजनिक र चालक सम्मान गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले दुर्घटना न्युनीकरणको कारण खोजी गर्ने र न्युनीकरणमा जोड दिदै आएको छ । चाडपर्वमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर कार्यालयले सकृयता बनाएको बताएको छ ।
यस्तै, यात्रा सम्बन्धी कुनै पनि गुनासो वा उजुरी आएमा त्यसको तत्काल कार्यान्वयन हुने गरी तयारी गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले गरेको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि सहित बुटवल यातायात लगायतले बुटवलदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू तराई र पहाडी जिल्लाको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । घटस्थापना दिन भन्दा पहिलादेखि नै बुकिङ खुल्ला गरिएको र जसको लागि बुटवल बसपार्कमा आएर यात्रुले साविक भाडदारमा नै टिकट काट्नको लागि यातायात व्यवसायी सङ्घ संस्थाहरूले आग्रह गरेका छन् ।
यात्रु गन्तव्यमा जाँदा दोहोरो टिकट पर्ने, एउटा सिटमा दुई वटा टिकट काट्ने समस्या विगतका दिनमा हुने गरेको जनगुनासो आएपछि यो वर्ष भने अधिकतम सचेतना अपनाइएको र यात्रुको सङ्ख्या बढी भएको स्थानमा थप गाडीको व्यवस्थापन गरी सञ्चालन गरिने यातायात व्यवसायीका संघ संस्थाहरुले बताएका छन् ।