News 24 Television
नयाँ कुमारी आर्यतारा आसनमा विराजमान (तस्बिरहरू)

काठमाडौँ । नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ । मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो ।

1759215175-mj3Fd-1759220616.jpg
साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुन् । मंगलवार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साईतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो ।

मंगलवार नै वर्तमान कुमारी तृष्णा शाक्यलाई आसनबाट उतारी बाजागाजासहित  कुमारी घरबाट विदा गरिएको छ । 

1759215175-gYGHe-1759220630.jpg

1759215176-80P1h-1759220605.jpg

1759215176-F7iHK-1759220589.jpg

 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update