दोस्रो उपत्यकाव्यापी रनिङ्ग शिल्ड मण्डला प्रतियोगिता हुँदै
ललितपुर । नेपाल संवत ११४६ को उपलक्क्षमा झी झी पुचः ठेचोले दोस्रो उपत्यकाव्यापी रनिङ्ग शिल्ड मन्दः (मण्डला) प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोदावरी नगरपालिका वडा नं १२ मा कार्तिक ५ गते बुधबार बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म चल्ने जनाइएको छ ।
उक्त मण्डला बनाउने प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु २५ हजार पाउनेछन् । यस्तै द्वितीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय