News 24 Television
क्षणभरको वर्षाले वर्ष नै रित्याउँदै ! किसानका आँखाभर आँशु

दोलखा । दोलखामा अविरल वर्षाले खेतीबाली नष्ट गरिदिँदा किसानहरु गम्भिर समस्यामा परेका   छन् । वेमौसमी वर्षाले खेतीबाली नष्ट गरेपछि किसानले वर्षभरका लागि राखिने अन्न अपुग हुने र खाना पु¥याउनै समस्या देखिने भएको छ । धान–कोदो भित्र्याउने बेलामा परेको लगातारको वर्षाले बाली कुहिन थालेको छ । 

यि हुन्, रत्न कुमारी श्रेष्ठ । रत्नका आँखा भरी आँशु टिलपिल छ, धानलाई आकाशको वर्षाले निथ्रुक्क भिजाएझै रत्नका आँखा आँशुले भिजेका छन् । पीडाले भरिएका गहसहित धानका निनहरुबाट पानी झार्न व्यस्त रत्न । 

ऊनी मात्रै होइन, दोलखाका अधिकांश भागका किसानहरुको यति बेला रातको निन्द्रा हराएको छ, दिनको भोक हराएको छ । कार्तिक १२ गतेदेखि परेको अविरल वर्षाले खेतबारीमा भिजेका धान र कोदो कुहिन थालेपछि किसानको निद्राभोक सबै हराएको हो ।

धान काट्ने, सुकाउने र भित्र्याउने बेलामै पानी परेपछि किसानहरूमाथि चट्याङ नै बज्रे झै भएको छ । धान मात्रै होइन, कोदो पनि बाला टिप्न नसक्ने गरी ढलेका छन् । भिजेको निनबाट निस्कने चामल पनि गतिलो नहुने किसानहरूको गुनासो छ । 

दोलखा बैतेश्वर ८ कि  किसान रत्नकुमारी श्रेष्ठका छोरीहरु सहरमा बस्छन् बुढो शरीरले धसिएर गरेको खेती पनि यस्तो भयो, अब के खाएर बस्नु भन्दै आँखा भरी आँशुसहित पीडा पोख्छिन् ।

दोलखाका अिधकांश भेगमा धान खेती हुने गर्दछ । धान खेती नहुने स्थानमा भने कोदो खेती हुने गर्दछ । तर, बाली भित्र्याउने मुखमा आएको चक्रपाती बर्षाले कोदो धान दुबैलाई नै क्षती पुर्याएको छ । बैतेश्वर ८ कि अर्की किसान जानुका श्रेष्ठको पीडा पनि उहीँ छ । 

दिन रात मेहेनत गरेर खेती गरेपनि खेतीबाट कहिले उभो लाग्न नसकिएको गुनासो पोख्छिन्, जानुका । अधियाको खेती हो, साहुलाई कति बुझाउने, कति आफू खाने भन्ने चिन्तामा छिन् उनी ।

त्यस्तै भिमेश्वर २ का किसान पूर्ण श्रेष्ठ गरिबलाई जताबाट पनि मार पर्ने गरेको गुनासो गर्छन् । सहकारी र साहुबाट ऋण लिएर खेती गरेको थिएँ, अब यस्तो भयो, त्यो ऋण म कसरी तिर्ने भन्दै सरकारसंग सहयोगको याचना गर्छन्, पूर्ण । 

अविरल वर्षाका कारण दोलखाका मात्र होइन, देशका अन्य जिल्लाका किसान पनि ठूला समस्यामा परेका छन् । धान,कोदो जस्ता प्रमुख अन्नबालीमा भएको क्षतिले किसानको वर्षभरिको पसिना माटोमा परिणत भएको छ ।

अब उनीहरूको पीडामा मलम लगाउने जिम्मेवारी तीनै तहका  सरकारले लिन जरुरी छ । अविरल वर्षाले खेतका बाली मात्र होइन, किसानको मन पनि भिजाएको छ । किसानले मौसम पुर्वअनुमानको पनि सुचना राख्न जरुरी छ, जसले गर्दा यस्ता प्राकृतिक विपतहरुबाट केही हदसम्म बच्न सकिने बिज्ञहरु बताउछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update