काठमाडाैँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् ।आईतवार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरकारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए । उनले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न नसकिएको बताए । मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानूनी आधारहरु तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताए ।
मन्त्री खनालले भने ‘जातिय विविधता, भाषिक विविधता नेपालको सम्पती हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ । यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन । यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यि भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो । हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ । कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ ।’
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भए पनि बजेट दिन तत्काल अधिकार नहुने बताए। कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने जिकिर गरे।
