News 24 Television
कस्मेटिका एक्स्पो : सौन्दर्य शिक्षा र यसको अन्तर्राष्ट्रिय करियरबारे चर्चा

काठमाडौँ । काठमाडौँको नक्सालमा आयोजना गरिएको कस्मेटिका एक्स्पो २०२५ अन्तर्गत कपाल, छाला, मेकअप तथा नेल केयरसम्बन्धी परामर्श सेसन शनिबार सम्पन्न भएको छ।

सौन्दर्य, मेकअप तथा व्यक्तिगत हेरचाह क्षेत्रसँग सम्बन्धित नवीनतम ट्रेन्ड, सीप र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले इन्टरनेशनल स्कूल अफ एस्थेटिक्स एन्ड स्पा (आईएसएएस) ब्यूटी स्कूलको सहकार्यमा परामर्श सेसन आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले राम्रो मेकअप आर्टिस्ट बन्नका लागि कसरी  इन्स्टिच्युट छनोट गर्ने, कुन कोर्सबाट सुरु गर्ने, सामाजिक सञ्जालमा देखाइने ट्रेन्ड र वास्तविक सिकाइबीचको फरक लगायत विषयमा जिज्ञासा राखेका थिए र आईएसएएसका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकहरुले सहभागीको जिज्ञासा मेटाएका थिए ।

जिज्ञासाको उत्तर दिँदै आएसएएस ब्यूटी एकेडेमीकी सिडेसको प्रमाणित प्रशिक्षक क्रिस्टिना सुब्बाले भनिन्, “धेरै विद्यार्थीले सस्तो शुल्कको आधारमा मात्र इन्स्टिच्युट छनोट गर्ने प्रवृत्ति देखिन्छ, तर त्यसले गुणस्तरीय सिकाइ सुनिश्चित गर्दैन। अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्कूलमा शुल्क केही महँगो भए पनि त्यसले विश्व बजारसम्म पहुँच, अवसर र पहिचान बनाउन सहयोग गर्छ।”

एलएपीटी प्रमाणित प्रशिक्षक प्रीति पाण्डे द्रुबाले सामाजिक सञ्जालमा देखाइने भिडियो हेरेर मात्र इन्स्टिच्युट रोज्नु उपयुक्त नहुने बताउँदै, प्रत्यक्ष रूपमा इन्स्टिच्युट भ्रमण गरी पाठ्यक्रम, प्रशिक्षक र सिकाइ वातावरणबारे बुझेर मात्र निर्णय गर्न सुझाव दिइन् ।

सिडेसको डिप्लोमा इन कस्मेटोलोजी सर्टिफाइड प्रशिक्षक प्रकृति मिश्राले कस्मेटोलोजीको राम्रो सीपले विश्वव्यापी रूपमा नेटवर्क विस्तार र मार्केट निर्माणमा ठूलो सहयोग पुर्याउँछ। मेहनत, लगनशीलता र निरन्तर अभ्यासका साथ काम गर्ने हो भने सफल मेकअप तथा हेयर आर्टिस्ट बन्न सकिने उनले बताइन् । यसका साथै ट्रेन्डअनुसार आफूलाई निरन्तर अपडेट गर्दै सीप निखार्नु अत्यन्त आवश्यक रहेको उनले बताइन् ।

विज्ञहरूका अनुसार पहिले प्रचलनमा रहेको हेभी मेकअपको ट्रेन्ड अहिले बदलिँदै गएको छ र अहिले प्राकृतिक तथा स्किन–फ्रेन्ड्ली मेकअपलाई प्राथमिकता दिइन थालिएको छ।

कस्मेटिका एक्स्पो २०२५ मार्फत सौन्दर्य क्षेत्रमा रुचि राख्ने विद्यार्थी, व्यवसायी तथा आम सर्वसाधारणले प्रत्यक्ष रूपमा विज्ञसँग संवाद गर्दै आफ्ना समस्या र समाधानबारे जानकारी लिन सक्ने अवसर पाएको आयोजकले बताएका छन्।

काठमाडौँको बानेश्वरमा स्थापना भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज ब्यूटी स्कुल आईएसएएस सौन्दर्य शिक्षामा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतिष्ठित सर्टिफिकेसनका पाठ्यक्रमसहित सुरु भएको एकेडेमी हो। यसले सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियो जस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकलाई उपयुक्त परामर्श र प्रशिक्षण दिन्छ।

अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध भक्ति साप्केलले स्थापना गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो आईएसएएस। करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के सिडेसको सेसन यूएईकी अध्यक्ष समेत हुन्।

पछिल्ला १४ वर्षमा आईएसएएसएसबाट ६,००० भन्दा बढी विद्यार्थी स्नातक तह उत्तीर्ण भई विश्वभर सफल करियर बनाइरहेका छन्।

एकेडेमीमा कस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आईलैश एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुन्छ। तालिमले विद्यार्थीलाई युरोप, मिडल इस्ट, क्यानडा, अस्ट्रेलिया आदि क्षेत्रमा पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेशन शो जस्ता रोजगारीका अवसरमा सहज पहुँच दिलाउन समन्वय गर्नेछ।

यसका अतिरिक्त, आईएसएएसले अब पाठ्यक्रम शुल्कमै अन्तर्राष्ट्रिय प्रमाणीकरण समावेश गरिएको घोषणा गरेको छ। यसले गर्दा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणीकरणका लागि कुनै पनि अतिरिक्त वा लुकेका शुल्क तिर्नु पर्ने छैन। विद्यार्थीहरूले आफूले छनोट गरेको पाठ्यक्रमको शुल्क मात्र तिर्नुपर्नेछ।

नयाँ वर्षको अवसरमा, आईएसएएसले नयाँ भर्नाका लागि कसमेटोलोजी पाठ्यक्रमहरूमा विशेष २० प्रतिशत छुट पनि प्रदान गरिरहेको छ, जसले विश्वस्तरमा मान्य सौन्दर्य शिक्षा इच्छुकका लागि अझ सहज बनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update