लायन अमित थापाको ऐतिहासिक एकल यात्रा : नेपाल–भारत मित्रताको सन्देश
काठमाडौँ । नेपाल–भारत मित्रता सुदृढ गर्ने उद्देश्यसहित लायन अमित थापाले काठमाडौं, नेपालबाट भारतको अहमदाबादसम्म ५,००० किलोमिटरभन्दा बढी दूरी एकल रूपमा यात्रा गरेका छन् ।
उक्त यात्राको मुख्य उद्देश्य नेपालमा आयोजना हुन गइरहेको ५४औँ ISAME फोरममा विश्वभरका लायन्स क्लब सदस्यहरूलाई नेपाल आमन्त्रण गर्नु रहेको थियो ।
भारत पुगेपछि लायन अमित थापालाई त्यहाँका स्थानीय समुदाय तथा चर्चित राजनीतिक व्यक्तित्वहरूले भव्य स्वागत गरेका थिए । उनको यस साहसिक, समर्पित र प्रेरणादायी यात्राले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ बलियो बनाएको छ ।
लायन अमित थापाको यो उल्लेखनीय उपलब्धि विभिन्न भारतीय सञ्चारमाध्यम तथा टेलिभिजन समाचार च्यानलहरूमा समेत प्रसारित भएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रस्तुत गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२ १५:३५
प्रतिक्रिया दिनुहोस्
