News 24 Television
परियोजनाका चौकीदारको टाउको झाडीमा फेला

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ । ईश्वरपुर नगरपालिका २, राईटरखोर स्थीत सागरनाथ वन विकास परियोजनाको जङ्गलमा वन चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएका सर्लाही प्रहरिले जनाएको छ ।

सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत रहेका राईटरखोर  निबासी बेचु महतोको छोरा अं.बर्ष ४७ को रामइश्वर महतोको हत्या भएको हो । वन हेरालु रामइश्वर महतोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । वन हेरालु रामइश्वर महतोको घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा हिजो शनिबार सागरनाथ वन विकास परियोजनामा कार्यरत राइटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको थियो । टाउको गिँडिएको शव घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा भेटिएको थियो ।

शंकास्पद व्यक्ति राम बली महतोलाई पक्राउ गरिएको ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की बताए । प्रहरीले पक्राउ गरेको ब्यक्तिको साथबाट रगत लतपतिएको कपडा बरामद भएकाले हत्याको घटनामा उनको संलग्नता रहन सक्ने आशंका गरिएको छ ।

शनिबार टाउको बिनाको शरीर मात्र फेला परेकोमा आइतबार १२:४५ मा घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फको झाडीमा टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक एवंम सूचना अधिकारी सरोज राईले बताए ।

वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि सागरनाथ वन विकास परियोजनाका चौकीदार (वन हेरालु) र स्थानीय वासिन्दा त्रसित बनेका छन् । घटनाबारे थप अनूसन्धान भैरहेको  सर्लाही प्रहरिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update