News 24 Television
टिकटकमा खुकुरी देखाउँदै भिडियो बनाउने तीन युवक पक्राउ

सुर्खेत । सुर्खेतमा सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन युवकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनीहरूलाई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१०, एयरपोर्ट बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर–१०, एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम साउँद र वीरेन्द्रनगर–११, पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनार रहेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए । 

उनीहरूलाई घरेलु हातहतियार (खुकुरी) सहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको उनले बताए । उनीहरू वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत खुकुरी प्रदर्शन गर्दै भिडियो सार्वजनिक गरेपछि समुदायमा त्रास फैलिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update