सर्लाही । सर्लाहीको मलंगवामा सशस्त्र प्रहरीले दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको छ ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत सर्लाही सदरमुकाम मलंगवा ९ को पिपलबोट सीमा नाका क्षेत्रबाट सशस्त्र प्रहरी मलंगवा गुल्मको गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको ससत्र प्रहरिले जनायको छ ।
सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लीला बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले मलंगवा ९ बाट अवैध बाटो प्रयोग गरी भारततर्फ जाँदै गरेका थाइल्यान्ड निवासी ३६ वर्षीय मिस नाथाया विआंग्युन र ४० वर्षीय मिस जुतारात सोंगखानजुनलाई नियन्त्रण लिएको सशस्त्र प्रहरी मलंगवा गुल्मले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी मलंगवा गुल्म मलंगवा गुल्मका गुल्मपति प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक लीला बहादुर कार्कीले जानकारी दिए ।
