काठमाडौँ । मुगुको मुगुम कर्मारोङ गाउँपालिका २ मुगु गाँउमा जन्मिएर विकट तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरिय शिक्षाको अभियान शुरु गरेका कैलाश बोधी माध्यामिक विद्यालयका संस्थापक शिक्षा तथा समाजसेवी सोनाम छिरिङ लामाको निधन भएको छ । कर्णाली प्रदेशको मुगु, हुम्लाबाट शिक्षाको विकासको अभियान शुरु गरी काठमाडौ बौद्ध सुविगाँउ, सिमलटार रामनगरमा कैलाश बौधी माध्यामिक विद्यालय स्थापना गरेका संस्थापक अध्यक्ष लामाको ८१ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।
कर्णालीका विभिन्न क्षेत्रमा शिक्षाको विकासमा समर्पित रहेका लामाले स्थापना गरेको कैलाश वोधी माध्यामिक विद्यालय बौद्ध क्षेत्रमा प्रशिद्ध विद्यालयको रुपमा परिचित छ । भदौ ९ गते शिक्षा सेवी लामाको निधन भएको थियो भने उनको बौद्ध परम्परा अनुसार लामाको भदौ १९ गते टेकुस्थित पचलीघाटमा अन्तिम संस्कार गरिएको लामाको परिवारले जनाएको छ । स्वर्गिर्य लामाले मुगुबाट आएर बौद्ध क्षेत्रमा स्कूल स्थापना गरेर महत्वपूर्ण गुन लगाएको स्थानीयवासीको भनाई छ । संस्थापक सोनाम लामाको अन्तिम श्रद्धाज्जली कैलाश बोधी स्कूलको प्राङगणमा शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले गरेका थिए ।
उनको निधनको भोलिपल्टै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट उनका धर्मपन्ती साँमु लामा, उनका छोरी तथा कैलाश बोधी स्कूलकी संस्थापक पिन्सिपल कर्मा छेजुम लामा र प्रिन्सिपल लामाकी श्रीमान ज्याम्पल लामा र आमा सम्र्पक विहिन रहेका छन् ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले कैलाश बौधी स्कूलका संस्थापक प्रिन्सिल लामा र उनका परिवार मानसरोवर धार्मिक तिर्थटानको लागि गएर फर्किने क्रममा भदौ १० भोटेकोशीमा गएको विनाशकारी बाढीमा हराइरहेको हुदाँ उनको परिवार तथा कैलाश वोधी स्कूल, विद्यार्थी तथा अभिभावकहरुले खोजी गर्न सरकारसंग माग समेत गरेका छन् । विस २०५० सालमा स्थापना भएको कैलाश बोधी स्कूलेले बौद्ध सुविगाउँ, सिमलटार, रामहिटी, तीनचुले, आरुवारी तथा कपन फैका लगायतका क्षेत्रमा विद्यालय शिक्षाको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएको छ ।
शिक्षाको विकासमा समर्पित शिक्षा सेवी तथा समाजसेवी सोनाम धामी लामाको परिवारले शिक्षा र समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको सो क्षेत्रका स्थानीयवासी बताउँछन् ।


