News 24 Television
गणेश भट्ट ग्रेस इन्टरनेशनलमा आबद्ध

सिड्नी । अस्ट्रेलियाको शिक्षा, माइग्रेसन तथा मिडिया क्षेत्रमा सक्रिय गणेश भट्ट ग्रेस इन्टरनेशनलमा आबद्ध भएका छन्।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा करिब एक दशकको अनुभव रहेका उनी रजिस्टर्ड माइग्रेसन एजेन्ट समेत हुन्। शिक्षा तथा माइग्रेसनसँगै सञ्चार, सामुदायिक गतिविधि र नेतृत्वमा समेत उनको लामो अनुभव रहेको छ।

ग्रेस इन्टरनेशनलले संस्थामा स्वागत गर्दै उनको अनुभव र विज्ञताले न्यू साउथ वेल्समा संस्थाको सेवा विस्तार तथा आगामी यात्रामा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

उनले नेतृत्व टोलीमा रहेर अन्तर्राष्ट्रिय शिक्षा, माइग्रेसन सेवा तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछन्।श

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update