दशैं-तिहारको रौनकमा नम्रताको नयाँ गीत
गायिका नम्रता तामाङको दशैं–तिहार विशेष गीत ‘आयो दशैं तिहार’ सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बी नेपालीहरूको महान् पर्व दशैंका धार्मिक, सांस्कृतिक र जनजीवनसँग जोडिएका विविध पक्षलाई गीतमा समेटिएको छ ।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीत एवन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको संगीत संयोजन कुशल सिंहले गरेका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा गजित विष्ट, गरिमा शर्मा, सुनिसा बजगाई र सुरवीर पण्डितलगायत कलाकारले अभिनय गरेका छन् ।
भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने निर्देशन गम्भीर विष्टको रहेको छ । पर्वको उल्लास र नेपाली सांस्कृतिक परम्परालाई प्रस्तुत गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १६:३६
प्रतिक्रिया दिनुहोस्


