News 24 Television
माउन्ट एभरेस्ट डिस्टिलरीले ल्यायो दुई नयाँ प्रिमियम ब्रान्ड ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

काठमाडौँ । विगत १८ वर्षदेखि मदिरा उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले प्रिमियम सेग्मेन्टअन्तर्गत दुई नयाँ उत्पाद ‘माउन्ट गोल्ड’ (Mount Gold 25 UP Premium Whisky) र ‘ब्ल्याक पर्ल’ (Black Pearl 30 UP Premium Vodka) बजारमा ल्याएको छ।  

कम्पनीका अनुसार ‘माउन्ट गोल्ड’ ह्विस्की ७५० एमएल, ३७५ एमएल र १८० एमएल प्याकमा क्रमशः रु. ३,०००, रु. १,५०० र रु. ७५० अधिकतम खुद्रा मूल्यमा उपलब्ध हुनेछ। त्यसैगरी ‘ब्ल्याक पर्ल’ भोड्का ७५० एमएल, ३७५ एमएल र १८० एमएल प्याकमा क्रमशः रु. २,४००, रु. १,२०० र रु. ६०० मूल्य तोकिएको छ।  

आगामी दसैँलाई लक्षित गर्दै प्रारम्भिक चरणमा काठमाडौँ र पोखरासहित देशका प्रमुख सहरका छानिएका प्रिमियम आउटलेटहरूमा यी दुवै ब्रान्ड बिक्रीका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादनहरू ल्याउने निरन्तर प्रयासस्वरूप यी नयाँ ब्रान्ड सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।  

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update