बुटवल । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा आयोजित चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर नयाँ 'टीभीएस एनटोर्क १५०' (TVS NTORQ 150) स्कुटर सार्वजनिक गरेको छ। संगीतप्रेमी, सञ्चारकर्मी तथा टीभीएसका प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिमा नेपालकै पहिलो १५० सीसी हाइपर स्पोर्ट्स स्कुटरको रूपमा यसको अनावरण गरिएको हो।
स्कुटरको औपचारिक अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल, बालाजी अटोमोबाइल्सका निर्देशकहरू विशाल जैसवाल र अभिनव थापाले संयुक्त रूपमा गर्नुभएको थियो। कन्सर्टको ऊर्जामय माहोलबीच भएको यो अनावरणले पश्चिम नेपालमा टीभीएस एनटोर्क ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
नयाँ एनटोर्क १५० मा १४९.७ सीसी क्षमताको एयर-कुल्ड इन्जिन जडान गरिएको छ, जसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पन्न गर्छ। शून्यदेखि ६० किमी/घन्टाको गति ६.३ सेकेन्डमै हासिल गर्न सक्ने यो स्कुटरको अधिकतम गति १०४ किमी/घन्टा रहेको छ। स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको डिजाइनमा एरोडाइनामिक विङ्लेट्स, मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प र स्पोर्टी लुकले रेसिङ डीएनए झल्काउँछ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले बुटवल युवा र उत्साही राइडरहरूको महत्त्वपूर्ण बजार भएको बताउँदै एनटोर्क १५० ले ग्राहकहरूको स्टाइल र पर्फर्मेन्सप्रतिको अपेक्षालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। संगीत, युवा संस्कृति र हाइपर पर्फर्मेन्सको संयोजनले कार्यक्रमलाई विशेष बनाएको उहाँको भनाइ थियो।
प्रविधिको हिसाबले यस स्कुटरमा 'टीभीएस स्मार्टएक्सकनेक्ट' (TVS SmartXonnect™) प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचरहरू उपलब्ध गराइएका छन्। यसमा टर्न-बाइ-टर्न नेभिगेसन, कल तथा म्यासेज नोटिफिकेसन र राइड मोडजस्ता अत्याधुनिक सुविधाहरूले आजको पुस्तालाई स्मार्ट र सहज राइडिङ अनुभव प्रदान गर्नेछ।



