News 24 Television
ग्यालेक्सी ए१७ ५जी मा २४ महिनाको सजिलो ईएमआई र एक्सचेन्ज बोनस योजना

काठमाडौँ । चाडपर्वको अवसरलाई लक्षित गर्दै सामसङ नेपालले 'सामसङ ग्यालेक्सी ए१७ ५जी' (Galaxy A17 5G) स्मार्टफोनमा २४ महिनाको आकर्षक किस्ताबन्दी (EMI) सुविधा तथा विशेष एक्सचेन्ज बोनसको घोषणा गरेको छ। यस योजनाअनुसार ग्राहकहरूले मात्र रु. १,२२१ देखि सुरु हुने मासिक किस्तामा यो स्मार्टफोन सहजै खरिद गर्न सक्नेछन्।  

कम्पनीले पुराना फोन साटेर नयाँ लिन चाहने ग्राहकका लागि रु. ३,००० सम्मको एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ, जसले गर्दा सुरुवाती डाउन पेमेन्ट शून्य प्रतिशतमा झर्न सक्नेछ। चाडपर्वको समयमा उपभोक्तालाई नयाँ प्रविधिमा अपग्रेड गर्न वा प्रियजनलाई उपहार दिन यो योजनाले ठूलो आर्थिक सहजता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।  

सार्वजनिक मूल्यसूची अनुसार ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य रु. ४४,९९९ (मासिक ईएमआई रु. १,२२१) तोकिएको छ। त्यसैगरी ८ जीबी र्याम र १२८ जीबी स्टोरेजयुक्त भेरिएन्टको मूल्य रु. ४८,९९९ (मासिक ईएमआई रु. १,३३०) तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेजयुक्त मोडलको मूल्य रु. ५६,९९९ (मासिक ईएमआई रु. १,५४७) कायम गरिएको छ। यो सुविधा लिन इच्छुक ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन्।  

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update