उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।
लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले राससलाई जानकारी दिए।
उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० ०९:३१
प्रतिक्रिया दिनुहोस्
