News 24 Television
कीर्तिपुरमा आमा दौड प्रतियोगिता, दौडिए ७०० आमा

काठमाडौं । कीर्तिपुरमा आयोजित 'आमा दौड प्रतियोगिता'मा झण्डै ७०० आमाहरु दौडिएका छन् । कीर्तिपुर नगरपालिका र एनआरएस स्पोर्टस फाउन्डेसनको सहकार्यमा आयोजित उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको थियो । जसमा करिब ७०० जना आमाहरु सहभागी भएको आयोजकले जनाएको छ । 

aama-4-1711849394.jpg
खेलकुदमा बालबालिकालाई‌ आकर्षित गराउन आमाहरुलाई नै जागरुक बनाउनुपर्ने उदेश्यका साथ  आमा दौड प्रतियोगिता आयोजना गरिएको हो ।  प्रतियोगितामा सहमागी आमाहरु कीर्तिपुर नयाँबजारबाट ल्याकु दरबारसम्म करिब ३ किमी दौडिएका थिए । 

aama2-1711849430.jpg
कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले प्रतियोगी आमाहरुलाई स्वागत गरेकी थिइन् । यही कार्यक्रमको अवसरमा उपमेयर शाक्यले १३औं सागकी दोहोरो स्वर्ण तथा एसियाकी‌ कांस्य पदक विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य, राधा श्रेष्ठ, नमिता बज्रचार्य तथा पौडी खेलाडी नयना शाक्यलाई सम्मान गरिन्।

aama5-1711849453.jpg
यो दौड प्रतियोगिता अन्तर्राष्ट्रिय महिला दिवस अर्थात (मार्च ८) का दिन गर्ने घोषणा गरिएपनि विविध कारणले यसअघि हुन सकेको थिएन । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update