News 24 Television
इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता

काठमाडौँ । इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ । काठमाडौँ चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच विद्यालयमा आधुनिक तथा समयसापेक्ष शिक्षण सिकाइ गर्ने/गराउने सम्बन्धमा सम्झौता भएको हो । 

विद्यालयका तर्फबाट संस्थापक प्रधानाध्यापक श्री रविन दाहाल र विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समयसापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरुको पढाइमा अभिरुचि बृद्धि गर्नका लागि न ‘स्टिम’ विधिलाई अझ प्रभावकारी रुपमा अवलम्बन गर्न लागिएको विद्यालयका संस्थापक प्रधानाध्यापक श्री रविन दाहालले जानकारी दिए । 

विश्वविद्यालय र विद्यालयबीचको सम्झौतामा हस्ताक्षर गर्दै निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताए ।

समयसापेक्ष विश्व बजारमा दक्ष जनशक्तिको मागलाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष हासिल गर्न काठमाडौँ विश्वविद्यालय र विद्यालयबीच सम्झौता भएको विद्यालयका कार्यकारी निर्देशक संगीता सिंह दाहालले बताइन् ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update