News 24 Television
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप

काठमाडौँ । हैजाविरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा नेपालले सफलता हात पारेको छ । करिब तीन वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरु गरेको थियो । २०७८ भदौ १० गते मन्त्रिपरिषद्को बैठकले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अमनुति दिएसँगै स्वास्थ्य मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण सुरु भएको हो । हाल संसारभर हैजा विरुद्धको खोप उपलब्ध भए पनि पहिला बनेको खोपमा भएका केहि तत्व हटाएर नेपालले गरेको तेस्रो चरणको परीक्षणमा सफता हात पारेको हो । 

नेपाल हैजाविरुद्धको खोप उत्पादनका लागि प्रयासरत छ । सोही प्रयासस्वरुप नै अहिले तेस्रो चरणको परीक्षणमा सफलता प्राप्त भएको पनि छ । हैजाविरुद्ध उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुने गर्दछ । नेपालमा अहिले पनि हैजाको महामारीको जोखिम उतिकै छ । यसै विषयलाई मध्यनजर गदै करिब तीन वर्ष पहिला नेपालले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो । 

नेपालले हाल अध्ययनका लागि हैजाविरुद्धको यूभिकोल खोपको अध्यन गरिरहेको छ । अहिले उक्त खोपको आवश्यक नठानिएका तत्व हटाएर नयाँ खोप युविकोल एस उत्पादन गरिएको छ । दुई चरण सफल परीक्षण गरी तेस्रो चरणको खोपको परिक्षण गरिरहेको नेपालले हैजा खोपमा रहेका केहि तत्व निकालेर खोपको प्रभावकारीतामा गरिरहेको अध्ययन तथा परीक्षणमा सफता हासिल गरेको छ । आम भाषामा भन्दा नेपालले पहिला नै बनेको खोपमा अनावश्यक तत्व निकाल्दा हैजाविरुद्धको खोपले पहिला जस्तै गरी काम गरेको वा खोप प्रभावकारी देखिएको हो ।

 

खोप परीक्षण बीपी स्वास्थ्य प्रतिष्ठान सहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गरिएको थियो । अध्ययनका क्रममा सफलता पाएकोे यूभिकोल खोपले विश्व स्वास्थ्य संगठनबाट प्रि क्यालिभाइड प्राप्त गरी अनुमति समेत पाएको छ । यसरी नेपालले पहिला नै बनेको कोरेला अर्थात हैजाविरुद्धको अहिले प्रयोगमा आएको खोपको तुलनामा अहिलेको खोपको लागत मूल्य समेत सस्तो पर्ने भएकाले हाम्रो जस्तो गरीब मुलकका लागि समेत फाइदा पुगेको छ । तर, नेपालमा यस्ता अनुसन्धान निकै काम गरिने प्रवृति छ । 

यस्तै तस्रो चरणको हैजाविरुद्धको खोप अध्ययन तथा परीक्षणको काम गरेको नेपालले हैजा विरुद्धको खोपमा गरेको अध्ययमा सफलता पाउँनुले अध्ययन अनुसन्धान क्षेत्रमा एक आयाम थप गरेको छ ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update