-1757344439.jpg)
काठमाडौँ । युवा देशका भविष्य, युवा भविष्यका कर्णधार । युवाको विचार र युवाकै सक्षमताले देशको भविष्य निर्धारण गर्छ । तर नेपालमा भने युवा पुराना नेतृत्वबाट प्रयोग मात्रै हुँदै आए । युवा हस्तक्षेपकारी बन्न सकेनन् । पटक पटकको आन्दोलनले देशमा व्यवस्थापकीय परिवर्तन भयो । तर नेता र नेतृत्व उही उनीहरु नै दोहोरिए । पुराना नेताहरुको बुद्धि र विवेकले मुलुक बनेन । बरु नेताहरुमै भ्रष्ट मनशाय मौलायो । त्यसैले नेपाल नै भ्रष्टाचार, बेथिति र विकृतिको दलदलमा फस्यो । तर पनि जनताले देश बन्ला कि ? भनेर नेताहरुकै मुख ताके । तर अहँ ! देश बनेन् ।
नेताका आफन्त र परिवारले खास नेपाली जीवन जीउन परेन । जनताले तिरेको करबाटै राज्यको दोहन गरेर उनीहरु राजसी जिवनशैलीमा रमिरहे । तर जनताको जीवनमा भने जुनसुकै व्यवस्था आएपनि सकारात्मक परिवर्तन आएन । तर अबको नयाँ पुस्ता यही बेथितिलाई टुलुटुलु हेरेर बस्न सक्ने अवस्थामा रहेनन् । यही बेथिति, विसङ्गति र भ्रष्ट नेतृत्वविरुद्ध नेपालमा जेनजी पुस्ताले वृहत आन्दोलन उजागर गरेका छन्।
यो आन्दोलन, आज कुनै दल वा जेन जी पुस्ताभन्दा बाहिरका मात्रै होइन, सत्तामासीन प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीमण्डलका सदस्यहरुबाहेक अरु सबैको साझा बनेको छ । यो केवल अभियान मात्रै होइन, देशमा नयाँ पुस्ता हस्तक्षेपकारी बन्नुपर्छ । र, अब सहनशीलता र मौनतालाई तोड्दै सुशासनका लागि भ्रष्टाचारविरुद्ध वृहत साझा क्रान्ति जन्माउनुपर्छ भन्ने हो ।
यो मानेमा काठमाडौंमा देखिएको जेन जी पुस्ताको आन्दोलन सह्रानीय देखिएको छ । देशभक्ति र देश प्रेम झल्किएको यो प्रदर्शनलाई असफल हुन छुट छैन । अर्कोतर्फ आजको सचेत युवाले चालेको कदमले देश र जनतालाई भविष्यमा अहित गर्नेमा पनि कुनै शंका नै छैन । त्यसैले यो आन्दोलन अति आवश्यकीय हो । यो क्रान्ति एक दिन हुने नै थियो, हुन्छ नै । र, सफल भएरै छाड्छ ।
सबक मात्रै होइन, अब अस्वीकार
आजको शीर्ष नेतृत्वहरु चाहे एमाले होस्, चाहे काँग्रेस वा चाहे माओवादी नै किन नहोस् । सबै युवा पुस्ताको भावनामाथि खेलेरै अडिएको पार्टी हो । अहिलेसम्म युवाको भावनामाथि खेलवाड गरेरै आफू र सत्ता टिकाइरहेका छन् । यहाँ सम्मकी काँग्रेस, एमाले र माओवादीजस्ता पुराना दलको नेतृत्वमा ओली, देउवा र प्रचण्डहरु अझै पार्टीको नीति–विधान नै परिवर्तन गरेर दोहो¥याइ तेह¥याइ नेतृत्वमा बस्न खोजेका छन् । तर हिजोसम्म अभिभावकीय र जेष्ठताको आधारले आदर गरेका यी नेताहरुमाथि अब जेनजी पुस्ताले सबक मात्रै होइन, अस्वीकार नै गर्ने बेला आएको छ । जुन अब अस्वीकारको आन्दोलन जेन जी पुस्ताले नै थालेका छन् । यो नै देशभक्ति जनताको बास्तविक आवाज पनि हो ।
जेन जीले नै भनिसके– ‘अब पुराना शीर्ष नेताहरु डेट एस्पायर भइसके ।’ यो कारण पनि अबको पुस्ता पुराना नेताहरुलाई सबक सिकाउनेमा होइन, अस्वीकार गर्नेतिरै लागेका छन् । जेनजी पुस्ताको यो निर्णय र कदम सह्रानीय छ । किनकी तत्काल शिक्षालय अर्थात विद्यालय नै छाडेर आन्दोलनमा होमिएका छन् । र, कुनै दलका भ्रातृ संगठनलाई इन्ट्री छैन ।
अर्कोतर्फ यही आन्दोलनमा पनि युवाहरको ‘इमोसन क्याच’ गर्न पुराना र टेष्टड नेताहरुले समर्थनको जनाएका छन् । यसलाई भ्रातृ संगठनमाथिको जेन जी निषेधले पुराना नेतृत्वलाई अर्को पाठ सिकाएको छ । यसको आशाय नै हो ‘पुरानालाई अस्वीकार’ उनीहरुको भ्रातृ संगठनलाई ‘निषेध’ ।
जेनजीले के गर्ने ?
नयाँ पुस्ता केवल भावनामा मात्रै बग्नु हुन्न । राजनीतिको मुल नेतृत्वमाथि नै विवेकपूर्ण तवरले हस्तक्षेपकारी बन्नु आवश्यकत देखिएको छ । तर भइरहको आन्दोलनको नेतृत्व कस्को हातमा छ ? भविष्यको रोडम्याप कस्तो ? भन्ने विषयमा स्पष्ट हुन भने जरुरी देखिन्छ । यदी भावनात्मक र आवेगको गतिले मात्रै आन्दोलन थालिए जेन जी पुस्ताले पनि मुलुकलाई टुंगोमा पुर्याउँछ भन्ने छैन । यो आन्दोलनको नेतृत्व पनि कुनै दल वा संगठन कै निर्देशनमा परिचालित भइरहेको भए, वा त्यसभन्दा अलग नभए ।
जेन जी आन्दोलन पनि अरु आन्दोलन र अभियान भन्दा फरक विल्कुल बन्दैन । त्यसैले यो पुस्ताले वर्तमान नेतृत्व र पुराना नेताको विकल्प खोज्न त जरुर नै छ । तर यसको साथमा निश्वार्थ भाव, स्वतस्फूतता र मुलुकको भावी रोडम्याप स्पष्टसँग लिएर अघि बढ्नु आवश्यक छ ।