News 24 Television
तातो हावाले ढाल्न थाल्यो, सडक सुनसान–अस्पतालमा चापाचाप 

काठमाडौं । पछिल्लो दुई हप्ता यता देशभर गर्मि उच्च बनिरहेको छ । देशभरको तापक्रम उच्च भइरहँदा तराईका जिल्लाहरुमा जनजीवन नै बेहाल छ । 

तातो हावा अर्थात ‘लु’ चल्दा सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर प्रभावित छन् । ‘लु’ का कारण अस्पतालहरुमा विरामीको चाप समेत बढीरहेको छ भने हावाहुरीले आगलागीबाट करोडौंको क्षति भएको छ । कुन जिल्लामा कस्तो छ त गर्मिको अवस्था ? 

२०८१ सालको शुरुवाती अवस्थादेखि नै देशभरको तापक्रम बढ्दो गतिमा छ । तराईका जिल्लाहरुमा त ४४ डिग्री सेल्सियससम्म ताममान मापन गरिएको छ ।

तीव्र गति र तातो हावा ‘लु’ चल्दा तराईवासीको जनजीवन कष्टकर भइरहेको छ । हावाहुरीले ठाउँठाउँमा आगलागीका घटनाहरु समेत भइरहेका छन् । 

यसबाट ज्यान गुमाउनेदेखि करोडौंको धनमाल नष्ट हुने गरेका छन् । गर्मी बढ्दै जाँदा सडकहरु सुनसान हुँदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ । 

गर्मिको अवस्था कहाँ कस्तो ?

तातो हावाकै प्रभाव उच्च हुँदा देशभरका अस्पतालमा विरामीको चाप पनि बढिरहेको छ । 

चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो । यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात अनुकुल वातावरण भएको महिना बताइन्छ । तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको हो । जलवायु परिवर्तनका कारण यस्तो उच्च प्रभाव नेपालले खेपिरहेको छ । 

जलवायु परिवर्तनको प्रभाव यसै गतिमा उच्च बन्दै गए नेपालका तराई क्षेत्रमा बसोबास गर्नै मुस्किल पर्ने देखिन्छ । हुनत, विश्वमै तापमान बढ्दो अवस्थामा छ । तर, सरोकारवाला निकायले नेपालमा परिरहेको जलवायु परिवर्तनको यो प्रभावलाई कम गर्न रणनीतिक पहल चाल्नै पर्ने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update