महिला अधिकारकर्मी तथा संघर्षशील राजनीतिक व्यक्तित्व संगिता भट्टराई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘सबल जीवन बीमा योजना’ को प्रोडक्ट एम्बेस्डरमा नियुक्त हुनुभएको छ। सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएकी भट्टराईले अब जीवन बीमाको महत्त्व, पारिवारिक आर्थिक सुरक्षा र सुरक्षित भविष्य निर्माणको सन्देश आम नागरिकसम्म पुर्याउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ।
जीवन बीमा केवल बचत वा भविष्यमा प्राप्त हुने रकममा मात्र सीमित नभई, यो जीवनमा आइपर्न सक्ने अनिश्चित जोखिमका बीच परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भरपर्दो माध्यम हो। यही मर्मलाई जनस्तरसम्म पुर्याउँदै नागरिकमा बीमासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले उहाँलाई यो जिम्मेवारी सुम्पिएको हो।
महिला अधिकार, सामाजिक न्याय तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएकी भट्टराई सहिद परिवारकी सदस्यसमेत हुनुहुन्छ। संघर्ष, सामाजिक उत्तरदायित्व र सहयोगी भावनासँग जोडिएको उहाँको व्यक्तित्वले बीमाको महत्त्व बुझाउने र आम नागरिकलाई सचेत गराउने अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
‘आजको सचेत निर्णय, भोलिको आर्थिक सुरक्षा’ भन्ने भावनालाई आत्मसात् गर्दै जीवन बीमालाई हरेक परिवारको आर्थिक योजनाको अभिन्न हिस्सा बनाउनु आजको आवश्यकता हो। कठिन परिस्थितिमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने विषयमा नागरिकहरूलाई जागरुक बनाउन सामाजिक रूपमा परिचित व्यक्तित्वहरूको संलग्नता निकै महत्त्वपूर्ण मानिन्छ।
आईएमई लाइफको यो अभियानले विशेषगरी परिवारको आर्थिक भविष्यप्रति जिम्मेवार बन्न, आफ्नो आवश्यकता र क्षमताअनुसार उपयुक्त योजना छनोट गर्न तथा समयमै वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ। यस सहकार्यले जीवन बीमाप्रतिको सकारात्मक सोच विकास गर्न र वित्तीय सुरक्षाप्रतिको जनचेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।


