News 24 Television
लगानी सम्मेलनमा जलविद्युतकै चर्चा, लगानीका लागि वातावरण बनेको सरकारको दावी

काठमाडौँ । सरकारले बिदेशी लगानी भित्राउन लगानी सम्वन्धि करीव एक दर्जन कानून तथा नीतिमा सुधार तथा परिमार्जन गर्ने प्रतिवद्धता लगानीकर्ताहरुको सामू गरेपछि बिदेशी तथा स्वदेशी लगानीकर्ताहरुमा उत्साह थपिएको छ । बिश्वका ५० भन्दा बढी मुलुकहरुबाट सहभागी भएका लगानीकर्ताहरुलाई सरकारले बिश्वस्त पार्दै नेपाल बैदेशिक लगानीको लागि तयार रहेको सन्देश दिए पछि बिश्वभरका लगानीकर्ताहरुको लगानीप्रतिको प्रतिबद्धता बढेको हो । 

काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा सरकार तथा प्रतिपक्षी दल र राजनीतिक दलका नेताहरुले लगानीप्रति प्रदर्शन गरेको सदासयताबाट लगानीकर्ता थप उत्साहित बनेका हुन् । लगानी सम्मेलनबाटै सरकारले आगामी १२ बर्षमा २८ हजार ७ सय मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसअघि नै आगामी १० बर्षमा भारतलाई १० हजार मेगावाट बिद्युत उत्पादन गरी निर्यात गर्ने सम्झौता नेपाल र भारत बीच भइसकेकेको छ । 

२८ हजार मेघावाट बिद्युत उत्पादन गर्न सरकारलाई करीव ५० खर्व भन्दा बढी लगानीको आवश्यकता पर्छ । यति ठुलो लगानी बिदेशी लगानीकर्ताबाट मात्र संभव हुन सक्छ । उर्जा मन्त्री शक्ति बस्नेतले लगानी सम्मेलनबाट नेपालको जलस्रोत तथा उर्जा क्षेत्रमा बिदेशी तथा स्वदेशी लगानीकर्ताहरुले लगानी गर्न प्रतिबद्धता जनाएपछि विश्वासको वातावरण बनेको बताए । 

पछिल्लो समय स्वदेशी लगानीकर्ताहरुमा लगानीप्रति बिश्वास बढ्न नसकेको कठिन अवस्थामा तेस्रो लगानी सम्मेलनको अवसरमा सरकारले लगानी सम्वन्धि अस्पष्ट कानून तथा नीतिगत कुरामा परिमार्जन तथा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिवद्धताकै कारण स्वदेशी लगानीकर्ताहरुमा पनि

सरकारले जलस्रोत, पर्यटन, पूर्वाधार, कृषि, सूचना प्रविधि, स्वास्थ्य तथा औद्योगिक क्षेत्रमा लगानी गर्न बिदेशी तथा स्वदेशी लगानीकर्ताहरुलाई अपिल गरेपछि बिदेशी तथा स्वदेशी लगानीकर्ताहरुले सरकारको नीतिगत तथा कानूनी ब्यवधानप्रति भने आशंका गदै लगानीको सुरक्षा र ग्यारेण्टीको माग गरेका छन् । 

लगानी सम्मेलनमा स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुले देखाएको उत्साह तथा अपेक्षालाई सरकारले प्रशासनिक तथा कानूनी झन्झट तथा कठिनाईहरुलाई सुधार गर्न इमान्दारिपूर्वक प्रयास गर्न सकेको खण्डमा लगानी सम्मेलन सार्थक हुन सक्छ । 

 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update