News 24 Television
सन्दीपको धम्कीपूर्ण अभिव्यक्ति कि हतास मानशिकता ? 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न नपाउने भएपछि हतास मानसिकताका साथ पेश हुन थालेका छन् । 

बलात्कार जस्तो गम्भिर अनि संवेदनशिल मुद्दामा आफ्नो भनाई राख्ने फोरम अदालतको बेञ्च नै हुने भएपनि सन्दीपले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै अदालतमाथि नै दबाब सिर्जना गर्न खोजेको जस्तो व्यवहार प्रदर्शन गर्न थालेका छन् । तर, टिमबाहिर रहेकै अवस्थामा पनि सन्दीप विश्वकप टोलीको बिदाई कार्यक्रममा सहभागी भएपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।  

गौशाला २६ सन्दीपले आफुमाथि बलात्कार गरेको भन्दै अदालत पुगिन् । उनलाई अदालतले उमेरदेखि पारिवारिक विषय कोट्याउदै अनेक प्रश्न ग¥यो । 

यो क्रम जारी रहँदा जिल्ला अदालत काठमाडौंले गरेको आदेशमाथि क्रमश माथिल्ला अदालतले सहुलित दिन थाले । बलात्कार जस्तो जघन्य अपराधको आरोपमा मुद्दा चलिरहेकै बेला सन्दीपलाई राष्ट्रिय टिमबाट खेलमा सहभागी गराइयो । नेपाल क्रिकेट संघले पनि सन्दीपलाई असाध्यै च्याप्ने काम ग¥यो । 

यस्ता श्रङ्खला बढेपछि हौसिका सन्दिप लामिछानेले आफू विश्वकप छनोटमा नपरेपछि भने आक्रोश पोख्न थालेका छन् । सन्दीपले सामाजिक सञ्जालमा विभिन्न पोष्ट सेयर गर्दै आफू षडयन्त्रको सिकार भएको जिकिर गरिरहेका छन् । 

षड्यन्त्रको सिकार भएको हो वा होइन भन्ने जिम्मा अदालतको भएपनि उनले सार्वजनिक रुपमा दिएका यस्ता अभिव्यक्तिको धरातल कस्तो हुन्छ ? प्रश्न उठ्न थालेको छ । 

बलात्कार प्रकरणमा आफू षडयन्त्रको सिकार भएको दाबी गर्ने सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरिसकेको छ । उनी जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेपनि उच्चबाट उनको  मुद्दा फ¥यौट भइसकेको छैन । 

यस्तोमा उनले सार्वजनिक गर्दै आएका प्रतिक्रियाहरु भने विचाराधिन मुद्दालाई प्रभावित पार्ने किसिमका देखिन्छन् । जुन न्याय सम्पादनका क्रममा हानिकार बन्न सक्छ । 

सन्दीपको धम्कीपूर्ण अभिव्यक्ति न्यायीक सिद्धान्तविरुद्धको भएको तर्क सार्वजनिक हुन थालेका छन् । 

के भने सन्दीपले ?

विश्वकप खेल्न नपाएछि आक्रोश पोख्न थालेका सन्दीपले आफू षड्यन्त्रको सिकार बनेको दाबी गर्दै समय आएपछि सत्य सार्वजनिक हुने बताएका छन् । 

यत्तिसम्म भन्नु ठिकै भएपनि पछिल्लो प्रतिक्रियामा उनले आफूमाथि षडयन्त्र भएको र षडयन्त्र रच्ने सवै व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी दिए । 

उनको यो कार्यले उनी अदालतलाई गुमराहमा राख्ने प्रयासमा त छैनन ? शंका बढेको छ । यस्तै, उनका कानून व्यवसायी सरोजकृष्ण घिमिरेले पनि सबैको नाम सार्वजनिक गर्ने धम्कीपूर्ण सन्देश प्रवाह गरेका छन् । 

यसले उनीहरु अदालतमा विचाराधीन मुद्दामा किन चलायमान र सक्रिय बन्न खोजे भन्ने प्रश्न उठेको छ । सन्दीपले सार्वजनिक गर्छु भनेका नाम र व्यक्ति किन र के का लागि भन्ने प्रश्न समेत पेचिलो छ । 

सन्दीपले यस्तो बोल्ने फोरम सामाजिक सञ्जाल वा अदालत ?

सन्दीप लामिछानेले आफूलाई प्रतिरक्षा गर्ने कानूनी आधार पाउनेमा शंका छैन् । बलात्कार आरोप खेपेकै बेला राष्ट्रिय टिमको प्रतिनिधित्व गर्न पाएका उनले के यस्तो गम्भीर आरोप खेपेको मानिस भएकाले न्यायिक प्रक्रियाको सम्मान गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म म खेल्दैन भन्ने सके ? सकेनन् ।

बरु उनी खेलाडी बन्न र खेल्न तयार भए र खेले । अदालतले पनि उनलाई रोकावट गरेन भने क्यानले समेत समर्थन गरिरह्यो  । कतिसम्म भने उनी बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले निलम्बनको नाटक ग¥यो । 

सन्दिप आफैले टिम छाडेको घोषणापछि लत्रिएको क्यानको वक्तव्यमा प्रश्न नउठेको थिएन् । तर, यतिधेरै सहजता प्राप्त गर्दा समेत षडयन्त्र गर्ने को हुन् र किन गरे भन्ने कुरा अदालतमा किन खुलाएनन ? के सन्दीपलाई षडयन्त्र गर्ने व्यक्तिको नाम सार्वजनिक गर्दा ज्यानको जोखिम थियो ? प्रश्न तमाम छन् । 

यस्तोमा उनले सामाजिक सञ्जालमा रोइकराई गर्दै अदालतमाथि मनोवैज्ञानिक त्रास फैलाउन खोज्नुभन्दा अदालतमै यस्तो विषय बोलेपछि त्यसले सार्थकता पाउने हुन्छ । 

अन्यथा उनी र उनको टीमले अपनाएको हत्कण्डामाथि न्यायालयले समेत विचार गर्नुपर्ने देखिन्छ । न्यायिक विश्वसनीयताको विषय समेत आउने भएकाले न्यायालयले यस्तो विषयमा सक्रियता देखाउला ? वा पहिले जस्तै विभिन्न ढोका खोलिदिने काम गर्ला ? यो भने हेर्न बाँकी नै छ । 

 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update