News 24 Television
सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा 

काठमाडौं । तत्कालिन सेन्चुरी विकास बैंकका अध्यक्षसहितका ८ जना बैंकिङ कसुरमा पक्राउ परेपछि फेरि एकपटक बैकिङ क्षेत्रमा सनसनी फैलिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले धिताको मूल्यांकनभन्दा दोब्बर बढि ऋण प्रवाह गरेको कसुरमा उनीहरुलाई सोमवार पक्राउ गरेको हो । यसअघि पनि सोही प्रकरणमा सीआईबीले तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना कर्मचारीलाई गरिसकेको छ । 

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित आठ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कम मूल्यको धितोमा बढि ऋण प्रवाह गरेको कसुरमा सोमवार पक्राउ गरेको हो । 

यही प्रकरणमा यसअघि पनि सीआईबीले सेन्चुरी बैंकका तत्कालिन सिइओद्वय मनोज न्यौपाने र तुलसी गौतम सहित १० जनालाई पक्राउ गरेको थियो ।

गत फागुन १५ पक्राउ परेका उनीहरु चैत १ गते हाजिरी जमानीमा छुटेका थिए । सीआइबीले अनुसन्धान गर्दै जाँदा बैंकका तत्कालिन अध्यक्ष समेतका अन्य बैंकर्स पनि संलग्न रहेको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरेको हो । 

सोमवार पक्राउ पर्नेहरु

राजेश कुमार श्रेष्ठ –  अध्यक्ष

सुनिल कुमार न्यौपाने – सदस्य

प्रा.डा. गीता प्रधान – सदस्य

रमेशकुमार निरौला  – सदस्य

रणबहादुर श्रेष्ठ – सदस्य

राजेश कुमार दली– सदस्य

उमा कुमारी श्रेष्ठ – सदस्य

शिवगोपाल रिसाल  – कर्मचारी 

पक्राउ परेका ८ जनामध्ये शिवगोपाल रिसाल मात्रै बैंकका तत्कालीन कर्मचारी हुन् भने बाँकी सात जना सञ्चालक सदस्य हुन् । 

यसअघि कर्मचारीमात्रै पक्राउ गर्दा बैंकका पदाधिकारीको मिलेमतो बिना कर्मचारीकै स्वनिर्णयमा मात्रै यति धेरै ऋण प्रवाह हुन नसक्ने भन्दै पदाधिकारी समेतलाई अनुसन्धानको दायरामा तान्नु पर्ने दबाब प्रहरीमाथि थियो । 

सीआईबीको अनुसन्धान !

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित कर्मचारीहरुलाई पक्राउ गरिएको थियो । 

उनीहरुले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढि कर्जा चौलागाईको कम्पनीलाई प्रवाह गरेका थिए । 

चौलागाइले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा तत्कालीन सेञ्चुरी बैंकबाट पटक–पटक गरेर २ अर्ब ४ करोड रुपैयाँ ऋण लिएका थिए । उनले लिएको ऋण बढेर अहिले करिब ३ अर्ब रुपैयाँ भइसकेको छ । 

लिएको र अहिले त्यो बढेर झन्डै ३ अर्ब रुपैयाँ पुगेको छ । सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका तत्कालिन सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । 

न्यौपाने भन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतम सिइओ हुँदादेखि सेञ्चुरीले रविन्द्रका कम्पनीलाई ऋण दिन सुरु गरेको थियो । सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उद्देश्य राखी रविन्द्र चौलागाईले आफ्नो परिवारभित्रका नातेदार समेतको नाममा कम्पनीहरु सञ्चालन गरेको सीआइबीको ठहर छ । 

चौलागाईसँगको सेटिङमा सेन्चुरी बैंकका कर्मचारी तथा पदाधिकारीसमेतको मिलेमतो देखिएपछि पक्राउ गरेको सीआईबीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाभन्दा बाहिर गई चौलागाईले  आफूअनुकूलको अवस्था सिर्जना गरी कम्पनीको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्रसमेत बनाएको आरोप सीआईबीको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update