News 24 Television
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण

काठमाडौं । नेपाल भाषाको आधुनिक गद्य कविताका अग्रज पूर्ण वैद्यबारे लेखिएको स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण गरिएको छ । 

शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कवि वैद्यका पत्नी मीरा शाक्य वैद्य, प्राज्ञ लक्ष्मी माली तथा साहित्यकार मोतीलक्ष्मी शाक्यबाट संयुक्त रूपमा पुस्तकको लोकार्पण गरिएको थियो । 

वैद्यले नेपाल भाषामा लेखेका कविता नेपाली र अंग्रेजीमा पनि अनुवादित छन् । श्रेष्ठ सिरपाः दुईपल्ट प्राप्त गरेका वैद्यको २०७८ मा निधन भएको थियो । कवि वैद्यका शिष्य रहेकी जानकी रघुवंशीले स्मृतिग्रन्थको संकलन र सम्पादन गरेकी हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update