छठ पूजाका सजिए काठमाडौँका घाट र पोखरी (फोटो फिचर)
काठमाडाैँ । विशेषगरी तराई-मधेसका हिन्दु धर्मावलम्बीहरूकाे मुख्य चाड छठ अचेल काठमाडाैँ उपत्यकामा समेत धुमधामले मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा-आराधना गरिन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । नदी, पाेखरी तथा घाटमा मनाइने छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाट र पाेखरीहरु सिंगारिएको छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा शुरु भएको मानिन्छ । छठ पर्वको रौनक र सिंघारिएका छठ घाट तथा पाेखरीबारे तस्वीरहरू ः






- न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
