News 24 Television
वीरगन्जको विवाद साम्य पार्न ५ बुँदे सहमति 

वीरगन्ज, पर्सा l जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी  गणेश आर्यालको अध्यक्षतामा बसेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै टुंगिएको छ l  

आज बिहान ७:३० बजेदेखि बसेको बैठक साँझ ५:३० बजेसम्म ४ चरणमा छलफल गरी सम्पन्न भएको हो l  बैठकमा हनुमान जयन्तिको अवसरमा शोभा यात्राको क्रममा भएको घटनामा संलग्न दोषीको पाहिचान गरी कानुनी कारवाही गर्ने सहमति भएकाे छ ।

यस्तै घटनामा घाइते भएकाहरुको उपचार खर्च राज्यले व्यहाेर्नु पर्ने र क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने र कुनै धार्मिक यात्राहरुमा  हातहतियारको प्रदर्शन वा प्रयोग नगर्ने लगायत विभिन्न ५ बुँदे सहमति गरिएको छ । 

6e46ab10-e6cc-4ee3-b2db-381e9ff5cea8-1744549687.jpg
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update