भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रा सम्पन्न

भक्तपुर । यहाँकाे प्रसिद्ध बिस्का जात्रा अन्तर्गत मङ्गलवार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए । उनले तेस्राेपटक जिब्रो छेडेर परम्परलाई निरन्तरता दिएका हुन् ।
प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय