आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा तिर्थालुको भीड

काठमाडौँ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशीर्वाद लिने गरिन्छ । मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ ।
आज पनि मातातीर्थ औंशीको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि आमाको स्मरणमा मातातीर्थमा पुगेर पूजाआज गर्नेहरुको भीड देख्न सकिन्छ ।
मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आएको छ । माता तीर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मिठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने प्रचलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् । तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय