News 24 Television
श्रर्मिक तथा पेशाकर्मीहरुको समस्याप्रति राज्य जिम्मेवार हुन सकेन : श्रर्मिक नेता 

काठमाडौँ । विभिन्न श्रर्मिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् । श्रर्मिक नेताहरुले श्रमजीवीहरु न्यूनतम पारिश्रर्मिक तथा सेवा सुविधावाट बन्चित रहेको भन्दै सरकार श्रम कानूनको कार्यान्वयमा गम्भीर नभएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

बुधवार विश्व श्रर्मिक दिवस मे १ को पूर्वसन्ध्यामा समाजवादी ट्रेड युनियन महासंघको आयोजनामा आयोजित कार्यक्रममा श्रम क्षेत्रका ट्रेड युनियन नेताहरुले  श्रम कानूनको कार्यान्वयनमा समस्या रहेको धारणा राखेका हुन् । बिभिन्न राजनीतिक दलहरुमा विभाजित श्रर्मिक नेताहरुले श्रर्मिकको वास्तविक समस्यामा काम गर्न नसकेको र श्रर्मिकलाई दलगत विभाजन गरेर श्रर्मिकको मुद्धा ओझेलमा परेको जिकिर गरे ।

स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले श्रर्मिकको अनौपचारिक क्षेत्रमा काम गर्ने श्रर्मिका समस्या गम्भीर रहेको बताए । श्रर्मिक नेताहरुले निर्माण, यातायात, कृषि तथा औधागिक क्षेत्रहरुमा श्रर्मिकको समस्या जटिल रहेको उल्लेख गदै अनौपचारिक क्षेत्रमा पनि श्रर्मिकको समस्या जटिल भएको श्रम विज्ञहरुको भनाई छ । कार्यक्रममा ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रर्मिकको समस्यालाई ब्यवहारिक रुपमा बुझेर कार्यांन्वयन गर्न सक्नु पर्ने बताए ।  श्रर्मिक नेता तथा प्रतिनिधिहरुले श्रम क्षेत्रमा राजनीतिक बिभाजन र भागवण्डा भन्दा पनि वास्तविक श्रर्मिकको समस्यालाई प्राथमिकता दिएर श्रम कानूनको कार्यान्वयन पक्षमा जोड दिएका छन् । 

अन्तराष्ट्रिय श्रम संगठन (आइएलको)का वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशीले श्रम कानूृनको कार्यान्वयन हुन सकेमा बिभिन्न क्षेत्रका श्रर्मिकहरुले न्याय पाउने बताए । अन्तराष्ट्रिय श्रम सगठनमा (आइएओ)संग गरिएको प्रतिवद्धतालाई ब्यवहारमा कार्यान्वयन गर्न गर्नमा आइएलको प्रतिनिधि राजवंशीले जोड दिए । मधेशी ट्रेड युनियन महासंघका अध्यक्ष इन्द्रदेव मिश्रले श्रर्मिक श्रमजीवीहरुको अवस्थामा सुधार आउन नसकेको हुदाँ सरकार श्रर्मिकको समस्यामा जिम्मेवार हुन नसकेको बताए । कार्यक्रममा बैदेशिक रोजगार वोर्डका निर्देशक शुशिल आचाय,नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ, श्रमिक नेताहरु पटन ठाकुरर्, ,श्रर्मिक प्रतिनिधि युवराज विक लगायतका बिभिन्न श्रर्मिक सघ संस्थाका नेता तथा प्रतिनिधिहरुले श्रर्मिकको समस्याको चर्चा गरेका थिए । स्वतन्त्र समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले श्रर्मिकहरुलाई बिभिन्न राजनीतिक रुपमा बिभाजित गर्दा श्रर्मिकको समस्या ओझेलमा परेको हुदाँ स्वतन्त्र श्रर्मिक युनियन आवश्यक भएको बताए । 

बिभिन्न राजनीतिक दल र समूहमा बिभाजित श्रर्मिक तथा पेशाकर्मीहरुले श्रमजीवीमा समस्यालाई राजनीतिक रुपमा भन्दा बास्तविक श्रर्मिकको समस्याको रुपमा उठान गर्न नसक्दा आज पनि संगठित तथा असंगठित क्षेत्रमा आवद्ध लाखौको संख्यामा श्रर्मिकहरु समस्यामा परेको अध्यक्ष दाहालले बताए ।  श्रर्मिकलाई राजनीतिक बिभाजनमा गरेर दलहरुदले उनीहरुलाई आश्वासन र प्रलोभनमा पार्ने गरेका छन् । 

संचारकर्मीहरुलाई सम्मान 

त्यसैगरी न्यज२४ कर्मी नवराज चालिसेलाई श्रम तथा औधोगिक क्षेत्रका समस्यालाई समाचारमा प्राथमिकता दिएको भन्दै सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा त्यसैगरी कार्यक्रममा श्रमजीवी तथा श्रम क्षेत्रमा कलम चलाउने विभिन्न संचार माध्यमका संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।  

सम्मानित संचारकर्मीहरुमा अन्नपूर्ण पोष्ट दैनिककी राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्त, राष्ट्रिय समाचार समितिका कमल वस्नेत, रातोपाटी डटकमका राजकुमार सिग्देल, मेघा टिभीका कष्णानन्द भट्ट लगायतका पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित संचारकर्मीहरुको तर्फवाट न्यूज२४ टेलिभिजनका पत्रकार नवराज चालिसेले श्रमजीवी तथा श्रर्मिकका मुद्धाहरुलाई संचार माध्यमहरुले श्रमको विषयमा विशिष्टीकृत गर्न सक्नु पर्ने बताउँदै श्रम क्षेत्रका समस्याहरु जटिल बन्दै गएको बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update