News 24 Television
रामकोटमा बद्री नारायण धाम स्थापना

काठमाडौँ । स्व पं. नारायण प्रसाद पोखरेलको स्मृतिमा बद्री नारायण धाम स्थापना गरिएको छ । नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख १९ गतदेखि नागार्जुन नगरपालिका वडा नं. ७ रामकोटमा २२ रोपनी जमिनमा उक्त धाम स्थापना गरिएको हो ।

dham1-1746539725.JPG
धामको वैशाख २० गते राष्टपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरियो । हजारौँ भक्तजनहरुको उपस्थितिमा सञ्चालन भैरहेको धाममा मंगलवार महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरी महाराजको आगमन भएको छ । 

पं. दीनबन्धु पाखरेलको सत् संकल्पमा बद्रीनारायण धाम बनेको हो ।  यो कार्यक्रम बैशाख २७ गते सम्म सञ्चालन हुने र २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आगमन  हुने आयोजकले बताएको छ ।

dh1-1746539725.JPG

dham2-1746539725.JPG

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update