News 24 Television
सशस्त्रका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ । 

सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरु एकसाथ डीआईजी भएका थिए । 

कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन् । वरियतामा ठाडा मगर २ नम्बरमा थिए । असन्तुष्टि जनाएका गिरी एसएसपी हुँदा ५ नम्बरमा थिए । राजनीतिक चलखेल गरेर उनी  डीआईजीमा १ नम्बरमा बढुवा भएका थिए । 

cb2c0c5e-85f4-4541-9e4c-09dc65014848-1748599539.jpg
 

यसरी आफैले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । 

एआइजी बन्न ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update