News 24 Television
पर्सामा गर्मीका कारण जनजीवन कष्टकर बन्दै

वीरगञ्ज,पर्सा । पर्सासहित तराई क्षेत्रमा गर्मी बढ्दै गएको छ । केही समय वर्षाका कारण राहत पाएको तराई मधेशमा पछिल्लो समय ह्वात्तै गर्मी बढेको हो । गर्मीका कारण स्थानीयहरुको जनजिवन प्रभावित हुँदै गएको छ भने विद्यालयको पठनपाठनको समयावधि पनि घटाइएको छ । यसैबीच सूर्यबाट निस्कने हानिकारक किरणहरुले गम्भीर किसिमका छालासम्बन्धी रोग निम्तिन सक्ने भन्दै चिकित्सकहरुले सचेत रहन आग्रह गरेको छ । 

केही समय अघिदेखि पर्सा, बारा लगायत मधेश प्रदेशमा अत्याधिक गर्मी बढ्दै गएको छ । जेठको दोश्रो सातादेखि एक्कासि गर्मी बढ्न थालेपछि तराई क्षेत्रका बासिन्दाहरुको जनजीवन प्रभावित हुँदै गएको छ । बिहान सूर्योदय हुनासाथ एकनास रुपमा लाग्ने टन्टलापुर घामका कारण यहाँको स्थानीयहरुको दैनिकीमा समस्या भएको छ । गर्मी बढ्न थालेपछि दिउँसोपख वीरगञ्जको मुख्य बजार सुनसान छ भने पसलहरुमा समेत गा्रहकको चहलपहल घट्दो छ । 

प्रत्येक वर्ष बढ्दै गएको गर्मीका कारण गर्मीयाममा तराई क्षेत्रमा बास बस्न कठिन बन्दै गएको छ । केही समयअघी ३/४ दिनसम्म वर्षाका कारण राहत महसुस गरेको तराईका बासिन्दालाई मौसन सफा भएसंगै लागेको चर्काे घामले थप पिरोलीरहेको छ । एकातर्फ गर्मीले बसाई सर्ने बाध्य बनाईरहेको अवस्थामा अर्काेतर्फ पटकपटकको अनियमीत विधुत कटौतीले स्थानीयहरुलाई थप आक्रोसित बनाएको छ । 

अचाकली गर्मीले का मगर्न निस्कनै गा्रहो बनाएको वीरगञ्जका स्थानीयहरुको भनाई छ । 

यसरी गर्मीका कारण केही सामाजिक संघसंस्था तथा विधालयहरुले बेलाबखतमा चिसो पानी वितरण गर्ने कार्यहरु गर्दै आएको छ । यसले केही हदसम्म सडकमा आवतजावत गर्नेहरुलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ । 

यस्तै, अत्याधिक गर्मीका कारण वीरगञ्ज लगायत पर्सा जिल्लाका सामुदायक तथा संस्थागत विधालयहरुको पठनपाठनको समयावधि घटाइएको छ । अघिल्ला वर्षहरुमा गर्मीका कारण विधार्थी बेहोस हुने घटना धेरै भएको गम्भीर विषयलाई मध्यनजर गर्दे स्थानीय पालिकाले सो निर्णय वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए । 

मौसमपूर्वानुमान महाशाखाका अनुसार यसवर्ष अत्याधिक गर्मी हुने, अत्याधिक वर्षा हुने र अत्याधिक चिसो हुनेछ । सूर्यले मानवलाई भिटामिन ‘डी’  भएपनि गर्मीको समयमा ख्याल नराखे सूर्यबाट निस्कने हानिकारक किरणहरुका कारण छाला सम्बन्धी गम्भीर किसिमका रोग लाग्न सक्ने चिकित्सहकहरुले चेतावनी दिएका छन् । यस समयमा आफ्नो छालाको स्याहारसुसार गर्न सचेत पनि गराएका छन् । 

प्रत्येक वर्ष विश्वको तापक्रम बढ्दै गएको चिन्त व्यक्त गर्दै जलवायु विज्ञहरुले सचेत रहन र आवश्यक पहलकदमी अपनाउन आग्रह गरिरहेको बेला राज्य भने यसबाट अलिपनि गम्भीर भएको देखिदैन । यस्तै गर्मीकै कारण पनि स्थानीयहरुकोजनजिवन कष्टकर बन्दै गएको प्रति ध्यान दिद्यै स्थानीय जनप्रतिनिधिहरुले यस समस्यका लागी दिर्घकालिन सामाधान खोज्ने बेला आएको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update