
वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिका कार्यालयले आज विश्व वातावरण दिवस मनाएको छ ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरको संयुक्त आयोजनामा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ आईसिपी क्षेत्रमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको हो ।
सो क्षेत्रमा ३५० थान विभिन्न किसीमका विरुवा रोपिएको ग्रिनसिटी सामुदायीक प्रहरी सेवा केन्द्र आर्दनगरका अध्यक्ष जय प्रकाश खेतानले बताए । उनले वातावरणलाई स्वच्छ बनाउन र नगरलाई हराभरा बनाउन वृक्षारोपण कार्यले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
यस्तै वातावरण संरक्षणका लागी रोपिएको रुख विरुवाहरुको संरक्षण गर्न जरुरी रहेको हुँदा सबैले यसको संरक्षणमा ध्यान दिनुपर्ने कुरामा कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरका प्रहरीहरु, भारतिय महावाणिज्य दुतावास वीरगञ्जका प्रमुख देवी सहाय मिना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पमुखहरु, ग्रिनसिटीका पदाधिकारीहरु लगायत समाजसेवी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।