नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
मंगलवार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।
समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय