News 24 Television
नगरवासीको सम्मानवाट स्थानीय तहलाई थप ऊर्जा र उत्साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनका विभिन्न तहमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । 

वडा नं ६ भित्र वसोवास गर्ने समाजका विभिन्न क्षेत्रमा योगदान तथा सेवा गरेका करिव २ सय जना व्यक्तिहरुलाई एकैपटक सम्मान गरेको काठमाडौं महानगरपालिका वडा नं ६ को कार्यालयले जनाएको छ । 

राष्ट्रिय जीवन अन्तर्गत विगतमा वडाको बिभिन्न जिम्मेवारीमा रहेका पूर्व वडाका जनप्रतिनिधि, समाजसेवी, निजामति कर्मचारी, कुटनीति, सुरक्षा अंग, कानून, कला साहित्य, स्वास्थ्य सेवा, खेलकुद, पत्रकारिता, स्थानीय क्षेत्रका शिक्षा, ब्यापार व्यवसाय लगायतका क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका हुन् ।

स्थानीय तहवाट यति ठुलो संख्यामा नगर भित्र बसोवास गर्ने विभिन्न व्यक्तिहरुको खोजी गरेर पहिलो पटक सम्मान तथा पहिचान गरिएको ६ नं वडाका वडा अध्यक्ष भुवन लामाले बताए । समाज विकासमा पूर्वाधार विकास संगै जनशक्ति विकास पनि महत्वपूर्ण हुने हुदाँ वडाले स्थानीयवासीको सम्मान गरेको वडा अध्यक्ष लामाले बताए । 

baauddha-2-1751815153.JPG
प्रतिनिधि सभा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रमुख अतिथिको रुपमा यति ठुलो संख्यामा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेकोमा स्थानीय तहलाई धन्यवाद दिर्दै राजनीतिक परिवर्तन तथा लोकतन्त्रको विकासमा सबै पक्षको सहयोग आवश्यक भएको बताए । अर्थ समितिको सभापति चालिसेले स्थानीय तहको भूमिका र दायरा ब्यापक भएको हुदाँ जनस्तरमा प्रभावकारी काम गर्नु पर्ने बताए । 

वडा नं ६ का पूर्व वडा अध्यक्ष नेपालजीत लामाले जनप्रतिनिधिहरुले जनताको हित र स्वार्थमा केन्द्रित रहेर काम गर्नु पर्ने बताउँदै नगरवासीलाई अनावश्यक कर थोर्पन नहुने बताए । जनप्रतिनिधीहरु नगरवासीको शासक नभएर सेवक भएको पूर्व अध्यक्ष लामाको भनाई छ । पूर्व राजदूृत डा. गणेश योञ्जनले स्थानीय तहको भूमिका महत्वपूर्ण भएको चर्चा गदै नागरिकको भावना अनुरुप काम गर्नु पर्ने बताए । 

baudh2-1751815169.JPG
बौद्धनाथ क्षेत्र अवस्थित वडा नं ६ मा विभिन्न कालखण्डमा सामाजिक सेवा घर्म सस्कृति पर्यटन प्रर्वद्धनमा स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गदै 

सम्माति ब्यक्तिहरुले सम्मानले त्यस क्षेत्रमा सदभाव तथा एकता बढाएको साहित्यकार मधुसुदन पाण्डयले बताए ।

स्थानीय तहले यसै क्षेत्रमा रहेर बिभिन्न भूमिकामा योगदान गरेका ब्यक्ति तथा संस्थाहरुको सम्मानल वडालाई उर्जा मिलेको  नागरिक सम्मान कार्यक्रम संयोजक तथा वडा सदस्य नरेन्द्र (भगवान) थापाले बताए । कार्यक्रमलाई स्थानीय तहले महत्वको साथ अघि बढाएको वडा सचिव कमल र्गौतमले जानकारी दिदै स्थानीय तहले यस किसिमको कार्यलाई निरन्तरता दिने बताएका छन् ।

 बौद्धनाथ क्षेत्र विश्व सम्पदा क्षेत्रमा पर्ने भएको हुदाँ विश्वभरका पर्यटकहरुको लागि महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित छ ।

baudh3-1751815259.JPG
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update