उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक समापन
शुक्रबार, कात्तिक २३, २०८१
तराई पहाड सबैतिर छठको उल्लास, काठमाडौँ र वीरगञ्जमा विशेष चहलपहल
शुक्रबार, कात्तिक २३, २०८१
कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ ।
छठ पूजाका सजिए काठमाडौँका घाट र पोखरी (फोटो फिचर)
बिहीबार, कात्तिक २२, २०८१
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । नदी, पाेखरी तथा घाटमा मनाइने छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाट र पाेखरीहरु सिंगारिएको छ ।
काठमाडौं उपत्यकामा छठको रौनक : सिँगारिँदै घाट र पोखरी
मंगलबार, कात्तिक २०, २०८१
तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी शुरु गरिएको हो । छठ पूजाका लागि काठमाडौंका पाेखरी तथा नदी किनारहरु सिँगारिएका छन् ।
मुगुमा २ महिना अघि नै बन्यो झोलुङ्गे पुल
मंगलबार, कात्तिक २०, २०८१
पुल १ करोड १० लाख १२ हजार रुपैयाँ खर्च गरेर बनाइएको हो । पुलको क्षमता एकपटकमा ३ सय ५० जना पैदल यात्रुलाई धान्ने रहेको छ ।
तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरू
सोमबार, कात्तिक १९, २०८१
लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर...
दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो
आइतबार, कात्तिक १८, २०८१
दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाईटिका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो । गोधनमा कुटिएको अन्न भाईलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ ।
शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
आइतबार, कात्तिक १८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान भाइटीकाको शुभसाइतमा नै टीक लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट राष्ट्रपति पौडेलले बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् ।
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान
बिहीबार, कात्तिक १५, २०८१
तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
पोखराका फूल पसलहरुमा महानगरको कडा अनुगमन
बुधबार, कात्तिक १४, २०८१
पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका फूल बेच्ने पसल र रङ हाली उत्पादन गरिएको झिलिङ्गा उद्योगमा अनुुगमन गरेको छ । प्लास्टिकका फूल बिक्री वितरण भएको र खाद्य पदार्थमा रङ मिसाइएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाको टोलीले फुल बेच्ने पसल र झिलिङ्गा उद्योगमा अनुुगमन गरेको हो ।
आजदेखि तिहार सुरु, भाइटीकाको साइत १८ गते ११:३७ बजे
मंगलबार, कात्तिक १३, २०८१
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।


