सार्वजनिक भयो डिभी नतिजा, कसरी चेक गर्ने ?
आइतबार, वैशाख २३, २०८१
सन्दीपको धम्कीपूर्ण अभिव्यक्ति कि हतास मानशिकता ?
शनिबार, वैशाख २२, २०८१
क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न नपाउने भएपछि हतास मानसिकताका साथ पेश हुन थालेका छन् ।
जापान पठाउने भन्दै २०० भन्दा बढीलाई ठग्ने गिरोह पक्राउ
शुक्रबार, वैशाख २१, २०८१
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको...
फेवा तालमा कृत्रिम दुर्घटना, उद्धारमा छिनमै पुगे प्रहरी !
मंगलबार, वैशाख १८, २०८१
पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाइरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको नेपाल नं. ४ मुक्तिनाथ बाहिनीले कृत्रिम घटना अभ्यास गरेको छ । योसँगै अब फेवातालको जुनसुकै क्षेत्रमा दुर्घटना भए पनि त्यसको ३ देखि ५ मिनेटमा पुग्न...
भोटेकोशी जलविद्युतका कारण ५ सय घरपरिवार जोखिममा
मंगलबार, वैशाख १८, २०८१
भोटेकोशी–१,जलविद्युत आयोजनाका कारण पाँच सय घरधुरी जोखिममा परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा निमार्णाधीन ४० मेगावाटको इलेक्ट्रोपावर कम्पनी लिमिटेड, भोटेकोशी–१ जलविद्युत आयोजनाले वस्ती नै जोखिममा पारेको हो । सुरुङको निर्माणका लागि थालिएका कामले वरपरको जमिनमा धाँजा फाट्ने मात्रै होइन घर नै चर्किन थालेपछि स्थानीयको ज्यानै जोखिमा परेको छ...
रोल्पाको दुर्गम बस्तीमा अस्थायी प्रहरी पोस्ट स्थापना
आइतबार, वैशाख १६, २०८१
रोल्पाको दुर्गम बस्ती मानिने कुर्जा भन्ने ठाँउमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ। शनिबार एक कार्यक्रमकाबीच रुन्टिगढि गाउँपालिकाको वडा नम्बर ८ को विकट गाउँ कुर्जामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ।
फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो
शनिबार, वैशाख १५, २०८१
पर्यटकी राजधानी पोखराको आकर्षणको केन्द्र हो, फेवाताल । तर, पोखराको महत्व भने यतिमै सीमित छैन । फेवातालको बीचमा रहेको एउटा थुम्को र त्यहाँ रहेकी तालबाराही माता जसको दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्छन् । तर, झण्डै एक वर्षदेखि तालबाराही माता फलामको बाकसमा बन्द छिन् ।
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
शुक्रबार, वैशाख १४, २०८१
कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ ।
मुुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल बनाइँदै
शुक्रबार, वैशाख १४, २०८१
निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै
आइतबार, वैशाख ९, २०८१
जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २ हजार ६२३ औँ जयन्ती आज मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा उनको स्मरण गरी नेपालसहित विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरुले श्रद्धापूर्वक मनाउँछन् ।
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
बुधबार, वैशाख ५, २०८१
काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।


