News 24 Television
१०० मा १०० ल्याउँदै सीसीएका अभय बने वर्ल्ड टपर !

काठमाडौं ।  Certified College of Accountancy (CCA) का विद्यार्थी अभय ठाकुरले ACCA को Taxation (TX) विषयमा १०० मा १०० अंक ल्याउँदै विश्वकै उत्कृष्ट प्रदर्शन गरेका छन्।

यो नतिजा नेपालको इतिहासमा पहिलो पटक हो, जहाँ कुनै नेपाली विद्यार्थीले Taxation विषयमा पूर्ण अंक ल्याएका हुन्। अभयको यो सफलताले उनलाई विश्वभरका ACCA विद्यार्थीहरूमा एक अलग स्थान दिलाएको छ। यो पनि उल्लेखनीय छ कि यो अभयको तेस्रो पटकको परिपूर्ण नतिजा हो, उनले यसअघि Financial Accounting (FA) र Management Accounting (MA) मा पनि १०० मा १०० अंक ल्याइसकेका छन्।

CCA ले अभयको असाधारण सफलतालाई सम्मानस्वरूप रु. ५१,००० नगद पुरस्कार र बाँकी रहेका ACCA कक्षा शुल्कमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। 

“TX-UK विषयजस्तो कठिन र स्किल लेभल पेपरमा १०० ल्याउने आशा पनि गरेको थिइनँ। तर CCA को निरन्तर मार्गदर्शन र विश्वासले असम्भवजस्तो कुरा सम्भव बनायो,” अभयले बताए।

नेपालबाट सुरु हुने ग्लोबल करियरको बाटो

२० वर्ष भन्दा बढीको शैक्षिक अनुभव बोकेको Certified College of Accountancy (CCA) ले नेपाली ACCA विद्यार्थीहरूका लागि अग्रणी संस्थाको रूपमा आफूलाई स्थापित गरिसकेको छ। CCA नेपालकै पहिलो ISO 9001:2015 प्रमाणित ACCA कलेज हो र ACCA UK बाट Platinum Approved Learning Partner को मान्यता प्राप्त संस्था हो। CCA का विद्यार्थीहरू विगतदेखि नै विश्वभर चर्चामा रहँदै आएका छन्।

sujan-2-1753954457.jpg
यसअघि:
•    सुसान्त यादव — Financial Management (FM) मा वर्ल्ड र्याङ्क १

•    अनिश सर्राफ र सम्योग आचार्य — Taxation (TX) मा वर्ल्ड र्याङ्क १

CCA ले वर्ल्ड र्याङ्क ल्याउने विद्यार्थीहरूलाई हरेक वर्ष छात्रवृत्ति र नगद पुरस्कारमार्फत सम्मान गर्दै आएको छ। CCA को विश्वास: विद्यार्थीलाई केवल परीक्षा पास गराउने मात्र होइन, उनीहरूलाई विश्वस्तरीय बनाउने हो।

CCA को एक प्रतिनिधिले भने:

“यो केवल अभयको सफलता होइन, यो पूरै नेपालका लागि गर्वको कुरा हो । हाम्रो उद्देश्य केवल पढाउने होइन,  उनीहरूलाई विश्वबजारमा दक्ष र प्रतिस्पर्धी बनाउनु हो।

‘अन्तर्राष्ट्रिय गुणस्तरका लागि विदेश नै जानुपर्छ’ भन्ने धारणा अब पुरानो, अब नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सफल परिणाम हासिल गर्न सकिन्छ।

अभय ठाकुरको उपलब्धिले देखाएको छ, जब सही संस्था र मार्गदर्शन भेटिन्छ, तब नेपालमै बसेर पनि विश्वसँग प्रतिस्पर्धा गर्न सकिन्छ । CCA जस्ता संस्थाहरूले त्यही अवसर निर्माण गरिरहेका छन्। जब विश्व परिपूर्णताबारे कुरा गर्छ - CCA त्यो परिपूर्णता प्रदान गर्छ। फेरि एक पटक ।  

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update