News 24 Television
त्रिचन्द्र क्याम्पसबाट गुणस्तरीय शिक्षाका लागि नयाँ युगको क्रान्तिको आह्वान

काठमाडौँ । नेपालमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिएको भए पनि गुणस्तरीय शिक्षाको अभावले लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै त्रिचन्द्र क्याम्पसबाट प्रगतिशील विद्यार्थीहरूले नयाँ युगको क्रान्तिको आह्वान गरेका छन्।

विद्यार्थीहरूका अनुसार नेपालको विद्यमान शिक्षा प्रणालीले सृजनशीलता विकास गर्नेभन्दा पनि केवल ज्ञान ग्रहण गराउने अभ्यासलाई प्राथमिकता दिएको छ।

"हामी जस्ता लाखौँ विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न र हाम्रो भाइ–बहिनीका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि अब आवाज उठाउनुपर्ने बेला आएको छ," आन्दोलनमा संलग्न एक विद्यार्थी नेताले बताए।

e3cccccc-63fb-4a2a-a5cd-5c9c219ae4b0-1754037258.jpg
प्रगतिशील विद्यार्थीहरूका अनुसार समाजवादको आधारमा बनेको देशमा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा समेत पूँजीवादलाई जानाजानी हावी बनाइएको छ। "शिक्षा अब व्यापार बनेको छ, जुन प्रवृत्ति तत्काल अन्त्य हुनुपर्छ," उनीहरू भन्छन् ।

त्रिचन्द्र क्याम्पसको प्राङ्गणबाट नयाँ युगको गंगालाल बन्न तयार रहेको घोषणा गर्दै उनीहरूले सम्पूर्ण प्रगतिशील जनसमुदायलाई नयाँ युगको क्रान्तिमा सहभागी हुन आव्हान गरेका छन्।

"भविष्यका सन्तानहरूका लागि, गुणस्तरीय शिक्षाका लागि, देशको उज्ज्वल भविष्यका लागि अब कुनै पनि प्रगतिशील व्यक्तित्व पछि हट्न मिल्दैन। आउनुहोस् र आउनैपर्छ," आन्दोलनकर्ताहरूको संयुक्त आवाज थियो।

e8c7c42e-71ef-4655-9503-144e647893fd-1754037267.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update