News 24 Television
ओझेलमा साहित्यिक पत्रकारिता, तीनै तहको सरकारको सहयोग आवश्यक

काठमाडौँ । मुलुकको साहित्यिक पत्रकारिताको विकास तथा विस्तारको लागि सरकारले साहित्यिक पत्रकारिता तथा सर्जकहरुलाई वेवास्ता गर्दा भाषा साहित्य तथा साहित्यिक पत्रकारिता ओझेलमा परेको गुनासो साहित्यकार तथा लेखकहरुले गरेका छन् । साहित्यकर्मी तथा सर्जकहरुको जिविकोपार्जनको लागि तीनै तहको सरकारले प्राथमिककता दिन नसक्दा कवि तथा साहित्यकारहरुको जीवन सहज बन्न नसकेको हो । सर्जकहरुले साहित्यिक पत्रकारिताम डिजिटल प्रविधि र प्रयोगमा पनि जोड दिएका छन् ।  

शुक्रवार साहित्य सदन नेपालमा वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको स्मरणमा २० भन्दा बढी साहित्यिक संस्थाहरुको आयोजनमा आयोजित कार्यक्रममा मुलुकको साहित्यिक पत्रकारिता तथा सर्जकहरुको अवस्था कमजोर रहेको साहित्यका तथा पत्रकारहरुले गरेका हुन् । साहित्यकार तथा सर्जकहरुले साहित्यकार तथा पत्रकार विजय चालिसेले पत्रकारिता मार्फत साहित्य क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए । 

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा रमेश विकल साहित्यिक प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले साहित्य सिर्जनामा लागेका कलमजीवी कवि तथा साहित्यकारहरुको जिविकोपार्जनको लागि सरकारले वेवास्ता गरेको गुनासो गरे । 

8c20938b-6262-4d77-9c4b-06d48c6e135d-1754061469.jpg
साहित्यिक पत्रकारिता तथा स्थानीयक भाषा साहित्यक तथा सिर्जनाको विकासमा स्थानीय सरकारको बलियो सहयोग आवश्यक भएको बताउँदै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको विकासमा साहित्यिक संघ संस्थाहरुको भूमिका प्रभावकारी बनाउनु् पर्ने बताए ।  

सरकारले राज्यस्तरमा र नागरिक तहमा खुलेका दुृवै क्षेत्रवाट साहित्यकार तथा कवि लेखकहरुको विकास तथा उनीहरुको आर्थिक अवस्थामा सहयोग गर्न आवश्यक भएको साहित्य सदन नेपालका अध्यक्ष प्राध्यापक डा हेमनाथ पौडेलले बताए ।

साहित्यकार तथा कलमजीवीहरुको विकास र उनीहरुको जीवनयापक सहज बनाउन सरकारले गरेको प्रयास पर्याप्त नभएको हुदाँ सर्जक तथा कविहरुको विकासको लागि तीनै तहको सरकारको सहयोग आवश्यक भएको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राध्यापक जगत उपाध्यायले चर्चा गरे ।

56ae5bff-d46e-430f-9c23-ec1d898329f9-1754061504.jpg
२० भन्दा वढी साहित्यिक संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा नेपाल ललितकला प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंगेनी सदनका सचिव कवि प्रल्ह्राद पोखरेलले साहित्यकार बिजय चालिसेले साहित्य र पत्रकारितामा निर्वाह गरेको भूमिका चर्चा गरेका थिए । 

कलाकार तथा रमेश विकल साहित्यिक प्रतिष्ठानका कार्यकारिणी सदस्य  आलोक चालिसेले डिजिटल तथा सूचना प्रविधिको प्रयोगले साहित्यिक सिर्जनाको क्षेत्र र दायरा बढेको बताए ।  साहित्यकार तथा सर्जकहरु साहित्यिक क्षेत्रको भूमिकालाई सरकारले प्राथमिकता दिन नसकेको बताए । मुलुकको भाषा साहित्य कला संस्कृतिको विकासमा जीवनभर समर्पित कवि तथा साहित्यकारहरुको आर्थिक सासाजिक पक्षको विकासमा तीनै तहको सरकारको भूमिका आवश्यक रहेको छ । 

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको स्मरणमा साहित्य सदन नेपाल लगायत २० भन्दा बढी साहित्यिक संस्थाहरुको आयोजनाका श्रद्धाजली सभा आयोजना गरिएको थियो । गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा अध्यक्ष समेत रहेका पत्रकार चालिसेको पत्रकारिता, कथा, वाल साहित्य तथा निवन्ध लगायतका विद्यामा करीव दर्जर्नौ कृतिहरु प्रकाशित छन् । पत्रकार चालिसे रमेश विकल साहित्यिक प्रतिष्ठानका महासचिव लगायतका बिभिन्न साहित्यिक संघ संस्थाहरुमा आवद्ध रहेका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update