काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ, भने धेरैजसो क्षेत्रका प्रत्यक्षतर्फ निर्वाचन लड्ने उम्मेदवारहरुलाई टिकट वितरणसमेत गरिएको छ । पार्टी बैठकको निर्णय अनुसार नै विभिन्न जिल्ला र क्षेत्रमा उम्मेदवारहरु टुगो लगाइएपनि केही क्षेत्रमा भने उम्मेदवार टुंगो लागेका छैनन् । उक्त बाँकी रहेका जिल्ला र क्षेत्रहरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः छलफल गरेर उम्मेदवारको टुग्याउने जनाइएको छ ।
विशेषगरी अध्यक्ष ओलीले आफूसहित आफू निटकका नेतारुलाई टिकट वितरण गरेर धैजसो क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएका छन् । अोलीको टिकट वितरणको वियायलाई लिएर भने यति बेला राजनीतिक टिकाटिप्पणी बढेको छ । मुख्यतः उनले पार्टीको ११औँ महाधिवशेनमा आफूविरुद्ध प्यानल नै बनाएर मैदानमा उत्रिएका ईश्वर पोखरेल पक्षका नेताहरुलाई टिकट वितरणमा छानीछानी पाखा लगाएको आरोप लागिरहेका छन् । आन्तरिक निर्वाचनमा उपमहासचिव नै जितेका नेता योगश भट्टराईलाई नै पनि टिकट नदिएको भन्दै ओलीको चौतर्फी आलोचना भइरहेका छन् ।
ईश्वरसँगै को–को पाखा ?
ओलीले टिकट वितरणमा गरेको विभेदलाई ईश्वर पक्षले महाधिवेशनको रिस फेरेको रुपमा व्याख्या गरिरहेको छ । ११औँ महाधिवेशनमा ईश्वर पक्षमा रहेर चुनाव लडेका तर निर्वाचनका लागि ‘हेब्बी वेट’ नै रहेका नेताहरुलाई टिकटबाट बञ्चित गरिनु दुखद भएको नेताहरुको दावी छ । जसमा ईश्वर पोखरेल स्वयमलाई नै टिकट दिइएको छैन । ईश्वर पोखरेल अघिल्लो निर्वाचनमा काठमाडौं – ५ बाट उम्मेदवार बनेका थिए । उनले हालै सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर ओलीलाई चुनौती दिएपछि उनलाई अहिले टिकट नै नदिइएको हो । ईश्वरसँगै उनको प्यानलबाट चुनावी प्रतिस्पर्धामा गएका अन्य दर्जनौँ नेताहरुलाई पनि ओलीले टिकटबाट बञ्चित गरेका छन् । महासचविमा पराजित सुरेन्द्र पाण्डेसँगै गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, विष्णु रिजाल र उषाकिरण तिम्सेनाजस्ता चर्चित नेताहरुले नै टिकट पाएका छैनन् ।
टिकटबाट बञ्चित नेताहरु के भन्छन् ?
विगतमा जित नै हासिल गर्दै आएका तथा यो पटक पनि जित्ने संभावना रहेका नेताहरुलाई नै टिकट नदिइएपछि एमालेका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । जसमा नेता विष्णु रिजालले आफू दैलेख – २ का लागि जिल्ला र प्रदेशबाट एक नम्बरमा सिफारिस भएपनि तेस्रो पटक आफू नेतृत्वको रोजाइमा पर्न नसकेको भन्दै गुनासो पोखेमा छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’
अर्की नेतृ उषाकिरण तिम्सेनाले पनि अध्यक्ष ओलीले गरेको टिकट वितरणको विषयमा असन्तुष्टि जनाएकी छन् । उनने अघिल्लो निर्वाचनमा पाल्पा – २ बाट जित हासिल गरेका ठाकुर गैरेको नाम कटाएर विष्णु पौडेललाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि पोखेकी छन् । उनले भनेकी छन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड ।’ गैरेको नाम जिल्ला र प्रदेशबाट सिफारिस भएको थियो । यद्यपि ओलीले उनको नाम हटाएर उपाध्यक्ष विष्णु पौडेलको नाम पठाएका हुन् । उता उपाहासचिव योगेश भट्टराईले पनि पार्टी बैठकमै टिकट वितरणको विषयमा विमत्ति राखेको बताइएको छ । आफू नै सम्मेलित सचिवालय बैठकमा आफैले टिकट नपाएपछि योगेश सशंकीत छन् । यद्यपि उनले अझै टिक प्राप्त गर्ने अपेक्षा रोखेको देखिन्छ । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्, ‘निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु । अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई बिजयी बनाउन आफनो ठाउ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु ।’
ओलीले टिकट वितरणमा आफूविरुद्ध लागेका नेताहरुलाई किनाराकृत गर्न खोजको प्रष्ट देखिएको छ । ओलीमाथि विगतमा पनि प्रतिशोधको राजनीति गर्ने गरेको आरोप लाग्दै आएका छन् । ओलीले निर्वाचनको टिकट वितरणमा पनि फेरी यही चरित्र प्रस्तुत गरेको भन्दै ईश्वर पक्षका नेताहरुले आक्रोश पोखिरहेका छन् ।
