काठामाडौँ । काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाह नेपाली राजनीतिमा नयाँ पुस्ताबाट परिवर्तनको प्रतिक बनेर आएका पात्र हुन् । ०७९ सालको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित जित निकालेका उनी नै राजनीतिको पुस्तान्तरणको अगुवा बने । उनको काम र चरित्रमा अनेकौँ सकारात्मक र नकारात्मक पक्ष देखिएनि राजनीतिमा नयाँ पुस्ताको आगमनका लागि उनले देखाएको साहस नै नयाँ दल र नयाँ पुस्ताका लागि प्रेरणा बनेको छ । जुन विषयलाई नया दल रास्वपा तथा अन्य पुरानै दलका नेताहरुले पनि स्वीकार गर्दै आएका छन् । बालेनको सासहको तारिफमै रास्वपा सभापति रवि लामिछानेले भनेको छन्, ‘बालेनले परिवर्तनको झिल्को बाले अब हामी राँको बाल्छौँ ।’
बृहत्तर परिवर्तनका लागि बालेन रास्वपामा !
बालेन शाह महानगरको हुँदाखाँदाको पद नै त्यागरेर रास्वपा प्रवेश गरेका छन् । उनको आकांक्षा पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई उनकै क्षेत्रमा गएर निर्वाचानमा पराजित गरेर प्रधानमन्त्री बन्ने छ । जसका लागि नै उनले रास्वपासँगको आबद्धता रोजेका छन् । स्वतन्त्र रहेर संगठित दलका उम्मेदवारलाई पराजित गर्न सकस पर्दा उनले रास्वपामै संगठित भएर ओलीलाई पराजित गर्ने रणनीति लिएका छन् । रास्वपासँग एकतासँगै उनी पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेदवार नै बनेर अघि बढेका छन् । राज्यसत्तामा पुराना दलहरुको रजगज र सिन्डिकेटलाई तोडेर नयाँ थिति र वृहत्तर राजनीतिक परिवर्तन नै उनीभित्र पलाएको महत्वकांक्षा हो ।
नयाँ पुस्तामा बालेनको क्रेज !
एक हिसाबले नेपाली राजनीतिमा पुराना दलहरुको एकछत्र राज छ । मुख्यतः नेकपा एमाले, नेपाली काँग्रेस र रुपान्तरित दल नेपाली कम्युनिष्ट पार्टीले घुमिफिरी सत्तामा रहेर देशलाई दोहन गरिरहेका छन् । यी दलहरुमा देखिएको अदुरदर्शीता, स्वार्थपना र लोभीपनाले नै देशमा हुनुपर्नेजति परिवर्तन भएनन् । अझ भनौ यी राजनीतिक दलहरु देश र जनताको पक्षमा भन्दा व्यक्तिगत र दलिय स्वार्थभन्दा बाहिर निस्कन सकेनन् । तर अब यो चरित्रलाई जरैबाट उखेल्न बालेनले संगठित राजनीतिको यात्रा तय गरेका छन् । उनको यो निर्णयलाई युवा पुस्ता र राजनीतिक चेत भएका पक्षधरले सकारात्मक लिएको देखिन्छ । बालेन रास्वपा पार्टी कार्यालय प्रवेश गर्दा होस् वा मधेश प्रदेशमा आमन हुँदा नै किन नहोस् उनको अप्रत्यासित क्रेज देखिएको छ ।
बालेन काठमाडौं महानगरमा मेयर रहेर काम गरेपनि उनको राजनीतिक शैलीलाई देशभर रुचाइएको छ । अझ उनले प्रतिस्पर्धा गर्ने भनिएको झापा – ५ मै पनि उनीप्रतिको आकर्षण बढिरहेको देखिन्छ ।
जसैगरी ओली हराउने अभियान !
प्रधानमन्त्रीकै उम्मेदवार बनिसकेका बालेन जसैगरी केपी शर्मा ओलीलाई हराउने अभियानमा छन् । मेयर रहँदा पनि केन्द्र सरकारसँग सिँगौरी खेलिरहने बालेन केपी शर्मा ओलीसँगै पनि पटक पटाक अमन्नेसामन्ने भएका छन् । ओली प्रवृत्तिलाई हराई छाड्ने योजना बुनेका बालेनले अन्ततः झापाबाटै चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् । एमालेले ओलीका लागि झापा – ५ नै नाम सिफारिस गर्दा बालेन पनि आफ्नो पूर्व निर्णयबाट नपञ्छिएर ओलीसँगै चुनाव लड्नेमा अडिग देखिएका छन् । रास्वपाले पनि उम्मेदवारहरुको नाम फाइनल गर्दा बालेन झापा – ५ बाटै उठ्ने पक्का भइसकेको छ ।
अघि–अघि बालेन पछिपछि रवि !
राजनीतिमा रविभन्दा बालेन नै अघि प्रवेश गरेका पात्र हुन् । रवि संचार क्षेत्रमै हुँदा बालेनले राजनीतिक माहोल निर्माण गरे । र, उनले महानगररमा विजयी प्राप्त गरे । तर रवि यो समय राजनीतिमा थिएनन् । बालेनको जितसँगै राजनीतिक प्रवेश गर्ने आँट गरेका रविले ०७९ कै असारमा रास्वपा गठन गरेर राजनीतिक यात्रा आरम्भ गरेका थिए । तर हालसम्मको राजनीतिमा सफल र असफलताका मिश्रित नजिता प्राप्त गरेका रविले अन्तिममा आएर बालेनसँगकै सहकार्य सूचाएका छन् । रवि कारागारमै हुँदा जेनजी आन्दोलन चर्कियो ।
एमाले र काँग्रेस सम्मेलित सरकार रहँदा चलेको यो आन्दोलनले तत्कालीन सत्तालाई नै मडारेर नयाँ राजनीतिक कोर्ष सृजना गराएको छ । जेनजी आन्दोलन स्वतस्फूर्त भएपनि यो अभियानको जस कहीँ न कर्हीँ बालेन शाहलाई पनि जान्छ । यही जगाबाट राहत पाएका रविले आज बालेनसँगै सहकार्य अघि बढाएका छन् ।
