काठमाडौँ । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको छ ।
शुक्रवार पार्टी कार्यलय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मद्वार बनाएर जाने निर्णय गरेको पार्टी उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । उनले परिवर्तन समयलाई सम्बोधन गर्ने तागत र जेनजी विद्रोहले गरेको अपेक्षा पूरा गर्न काँग्रेसले मात्रै सक्ने र त्यसको लागि निर्वाचन अगाडी नै प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर जाने निर्णय गरिएको बाताए ।
उपसभापति शर्माले गगन थापा सत्तामा रहँदा पनि बेदाग रहेको बताउँदै परिवर्तनको नेतृत्व थापाले मात्रै गर्नसक्ने दाबी गरे । ग्रेसले प्रधानमन्त्री बन्ने व्यक्तिको पृष्ठभुमि, संस्कार, योगदान, योग्यता र देशलाई कसरी हाँकेर जानसक्छ भन्ने भिजनको आधारमा प्रधानमन्त्रीको उम्मेद्वार छनौट गरिएको जानकारी दिए ।
नेपालको नवयुवाहरुले जेनजी प्रदर्शनमार्फत उठाएको सुशासनको मुद्दालाई काँग्रेसले बनाएको उम्मेद्वारले सबल ढंगले नेतृत्व गर्न सक्ने उनको दाबी छ । उनले देशको प्रधानमन्त्री हुने व्यक्तित्वले देशलाई आवेग नभई संयम भाव र प्रवृत्तिलाई अघि लगाउनुपर्ने बताए । त्यो समार्थ्य राख्ने व्यक्तित्व गगन थापा मात्रै भएको उनको भनाई छ ।
शर्माले भने, ‘व्यक्तिको पृष्ठभुमि, प्रधानमन्त्री बन्ने उम्मेद्वारको संस्कार, प्रधानमन्त्री बन्ने उम्मेद्वारको योगदान, भोलिको प्रधानमन्त्रीको योग्यता र भोलिको प्रधानमन्त्रीले देशलाई कसरी हाँकेर जाने भन्ने भिजनको कुराको जगमा निर्णय गरेर जाँदै गर्नुपर्दा अहिलेको मौजुदा नेपालमा देखिएका, प्रधानमन्त्रीको उम्मेद्वार भएर आएका उम्मेद्वारहरुमध्ये नेपाली काँग्रेसले प्रस्तावित गर्ने उम्मेद्वार नै यो पाँच वटामा ५ सय पुर्णाङमा भन्ने हो भने अब्बल नम्बरमा अग्रविन्दुमा उभिनसक्ने अवस्था छ । त्यसैले त्यो तथ्यका साथ हामीले प्रश्ताव गरौँ भनेर हामीले निर्णय गरेका छौँ । परिवर्तित समय बमोेजिमको नेपालको नवयुवाहरुले जेनजी प्रर्दशनमार्फत उठाएको यो देशमा सुशासन हुनुपर्छ भन्ने जबरजस्त ढंगले उठाएको मुद्दालाई पनि नेपाली काँग्रेसले नेतृत्व गर्नसक्दछ र हाम्रो प्रधानमन्त्रीको उम्मेद्वारले यसलाई सबल ढंगले नेतृत्व गर्न सक्नुहुन्छ भन्ने विश्वासका साथ हामीले प्रधानमन्त्रीको उम्मेद्वारको बारेमा निर्णय गरेका छौँ । देशको प्रधानमन्त्री व्यक्तित्वले देशलाई आवेग होईन, संयम भाव र संय प्रवृत्तिलाई अघि लगाउनुपर्ने हुन्छ । त्यो समाथ्र्य राख्ने व्यक्तित्व हुनुपर्छ । त्यसैले हामीले कुनै अलमल बिना बलदिएको काँग्रेसलाई जो बदलिन्छ, त्यसले बदल्न पनि सक्छ । नेपाली काँग्रेस बदलिएको छ, नविन ढंगले आएको छ ।'
काँग्रेस केन्द्रिय समितिको बैठकले निर्वाचनको लागी विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति, देवराज चालिसेको संयोजकत्वमा केन्द्रिय प्रचारप्रसार समिति, कार्यलय भवन पुर्ननिर्माणको लागि उमेश श्रेष्ठको नेतृत्वमा हुने पुनर्निर्माण समिति र राष्ट्रिय सभा निर्वाचनको लागि सहजीकरण गर्न उपसभापति पुष्पा भुसालको नेतृत्वमा समिति गठन गरेको छ ।
बैठकले केन्द्रिय कार्यसम्पादन समिति बनाउने निर्णय पनि गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
